४ पुस २०८२, शुक्रबार | December 20, 2025

विश्व सिमसार दिवसमा सात तलाउको नामाकरण



सिद्धार्थनगर । विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्‍न सात तलाउको नामकरण गरिएको छ । अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए ।

पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उनले प्रकृति संरक्षणको क्षेत्रका विद्वानहरूको स्मृतिमा सातवटा सिमसारको नामकरण गरेको घोषणा गरिएको बताए । उनका अनुसार प्रकृतिविद् स्व. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, डा. मिङ्‍मानर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा. तीर्थमान मास्के, डा. जर्ज अर्चिबल्ड र डा. घन गुरुङ सिमसार भनेर नाम घोषणा गरिएको छ ।

डा. घनश्याम गुरुङ हाल विश्व वन्यजन्तु कोष नेपालको निर्देशक छन् भने हर्क, चन्द्र, तीर्थ, नर्बु, हरिशरण र जर्ज अर्चिबल्डको १४ वर्ष पहिले ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

सो अवसरमा लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातवरणमन्त्री लीला गिरीले प्रकृति संरक्षणका लागि प्रदेश सरकार स्पष्ट योजनासहित अघि बढ्ने बताए । उनले लुम्बिनी प्रदेशको प्रकृति संरक्षण र जैविक विविधताका लागि योजनाबद्ध काम गरिरहेको बताए ।

सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले बुद्ध दर्शनसँग सम्बन्ध राख्‍ने सारसको संरक्षण र सिमसारको संवर्द्धनका लागि विश्वविद्यालय सहकार्य गर्न तयार रहेको बताए ।

विश्व वन्यजन्तु कोषका नेपाल निर्देशक डा. घनश्याम गुरुङले सिमसार र प्रकृति संरक्षणका लागि अग्रजहरुको सम्मानमा सिमसारको नामकरण गरिनु महत्त्वपूर्ण रहेको बताए । रासस

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ७ : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको