७ चैत्र २०८२, शनिबार | March 22, 2026

संसदीय सुनुवाई विनै संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरिँदै, राष्ट्रपति कार्यालयमा सपथ



काठमाडौं । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरेकाहरुको  संसदीय सुनुवाई विनै शपथ ग्रहण हुन लागेको छ ।

बिहान ९ बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहणको कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका कारण संसदीय सुनुवाइ हुन पाएन ।

संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने नियमलाई आफुअनुकुल व्याख्या गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मान्छेलाई नियुक्ति दिलाउन लागेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका व्यक्तिहरुको राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण गर्नेछन् ।

गत मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जना व्यक्तको नियुक्तिका लाग सिफारिश गरेको थियो ।

प्रतिनिधिसभा विघटन भएका कारण संसदीय समिति नै अस्तित्वमा नै नरहेको अवस्थामा भने ४५ दिने हदबन्दीको अर्थ नहुने भन्दै कानुनविद्हरुले सपथ खुवाउनु असंवैधानिक हुने तर्क गरेका छन् । सुनुवाई समितिमै नपुगि ४५ दिन पुर्‍याएर अनुमोदनविनै आफुअनुकुल नियुक्त गर्नु अवैधानिक हुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिटसमेत दायर गरेका छन् । यद्यपी, सर्वोच्च प्रशासनले मंगलबार रिट दर्ता नगरी राखेको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ८ : २६ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा