११ चैत्र २०८२, बुधबार | March 25, 2026

ओली पक्षीय युवा विद्यार्थीद्वारा काठमाडौंमा मोटरसाइकल र्‍याली



काठमाडौं । ओली पक्ष निकट नेकपाका विद्यार्थी र युवाहरुले काठमाडौं उपत्यकामा मोटरसाइकल र्‍याली निकालेका छन् ।

२३ गते आयोजना गरेको शक्ति प्रदर्शनलाई प्रभावकारी बनाउन भन्दै ओली निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू नेपालले बुधबार काठमाडौं उपत्यकामा मोटरसाइकल र्‍याली निकालेका हुन् ।

ललितपुरको बालकुमारीबाट सुरु भएको र्‍याली सातदोबाटो, लगनखेल, जाउलाखेल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबारमार्ग, नारायणहिटी गेट, जयनेपाल चोक, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेको समापन भएको छ ।

ओली नेकपाले २३ गते अहिलेसम्मकै सबैभन्दा ठूलो शक्ति प्रदर्शन गरेर विपक्षीहरुलाई देखाउन लागेको हो ।

ओली नेकपाको बागमती प्रदेश कमिटीले आयोजना गरेको सभामा बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता समर्थक उतार्ने तयारी छ । तर, कम्तिमा २ लाखको उपस्थिति देखाउने योजना बनाएको ओली नेकपाले देशभरबाट समेत कार्यकर्ता ओसार्दै छ ।

२३ गते नारायणहिटी राजदरबार अगाडिको दरबारमार्ग क्षेत्रमा ओली नेकपाको सभा हुँदैछ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ३ : ११ बजे

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी