१ पुस २०८२, मंगलबार | December 16, 2025

ओली पक्षीय युवा विद्यार्थीद्वारा काठमाडौंमा मोटरसाइकल र्‍याली



काठमाडौं । ओली पक्ष निकट नेकपाका विद्यार्थी र युवाहरुले काठमाडौं उपत्यकामा मोटरसाइकल र्‍याली निकालेका छन् ।

२३ गते आयोजना गरेको शक्ति प्रदर्शनलाई प्रभावकारी बनाउन भन्दै ओली निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू नेपालले बुधबार काठमाडौं उपत्यकामा मोटरसाइकल र्‍याली निकालेका हुन् ।

ललितपुरको बालकुमारीबाट सुरु भएको र्‍याली सातदोबाटो, लगनखेल, जाउलाखेल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबारमार्ग, नारायणहिटी गेट, जयनेपाल चोक, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेको समापन भएको छ ।

ओली नेकपाले २३ गते अहिलेसम्मकै सबैभन्दा ठूलो शक्ति प्रदर्शन गरेर विपक्षीहरुलाई देखाउन लागेको हो ।

ओली नेकपाको बागमती प्रदेश कमिटीले आयोजना गरेको सभामा बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता समर्थक उतार्ने तयारी छ । तर, कम्तिमा २ लाखको उपस्थिति देखाउने योजना बनाएको ओली नेकपाले देशभरबाट समेत कार्यकर्ता ओसार्दै छ ।

२३ गते नारायणहिटी राजदरबार अगाडिको दरबारमार्ग क्षेत्रमा ओली नेकपाको सभा हुँदैछ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ३ : ११ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज