१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रचण्ड-नेपाल नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न ओली पक्षका महिलाको माग



काठमाडौं । ओली पक्षको नेकपा निकट अखिल नेपाल महिला संघले नेकपाको प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा भाषण गर्दै नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो ।

ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पु¥याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझाएपछि अनेम संघकी नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्थामाथि नै अपमानजनक ब्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताइन ।

गृहमन्त्री थापाले ज्ञापनपत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनीय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएको नेतृ शाक्यले जानकारी दिइन ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ३ : २६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज