७ चैत्र २०८२, शनिबार | March 22, 2026

आमहड्तालको पूर्वसन्ध्यामा देशभर मसाल जुलुस, आम हड्ताल शान्तिपूर्ण हुने नेकपाको प्रतिवद्धता



बुटवल । नेकपाको प्रचण्ड-नेपाल पक्षले आह्वान गरेको आम हड्तालको पूर्व संध्यामा देशका प्रमुख शहरहरुमा प्रचण्ड-नेपाल पक्षका युवा विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् ।

सो पार्टीले बिहिबारका लागि आह्वान गरेको आम हडताललाई सफल बनाउन मसाल जुलुस प्रदर्शन गरिएको हो ।

काठमाडौंको बागबजारस्थित अनेरास्ववियूको कार्यालयबाट सुरु भएको मशाल जुलुस पद्म कन्या क्याम्पससम्म पुगेर पुन अनेरास्ववियूको कार्यालय रहेको स्थानसम्म आई कोणसभामा परिणत भएको थियो ।

यता बुटवलको ट्राफिकचोकबाट सुरु भएको मसाल जुलुस पुस्पलाल पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

मसाल जुलुसमा निस्केका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओली विरुद्ध नारा लगाउनुका साथै संवैधानिक परिषदले बलमिचेर आयोगको पदाधिकारी नियुक्त गरेको भन्दै उनीहरुका विरुद्ध पनि नाराबाजी गरेका थिए ।

प्रचण्ड-नेपाल पक्षले संसद विघटनका विरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

धनगढी, सुर्खेत, बुटवल, बिराटनगर र काठमाडौमा ठूला सभाहरु सम्पन्न गरेको सो पार्टीले २८ गते पुनः काठमाडौमा शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।

आम हड्ताल गर्नु परेकोमा क्षमायाचना गर्दै प्रचण्ड-नेपाल पक्षले बन्द सफल बनाउनका लागि आम नागरिक र सम्बद्धहरुसँग अनुरोध पनि गरेको छ ।

बुधबार अपरान्ह पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बन्द रहर नभएर बाध्यता भएको बताएका थिए ।

रुपन्देहीमा बन्द सफल बनाउन सबै बर्ग, तह तप्का र समुदायमा जिल्ला पार्टीको प्रचार प्रसार समितिले बिज्ञप्ति मार्फत आग्रह गरेको छ । प्रेस, दमकल, एम्बुलेन्स, दुध र तरकारीको गाडी, कुटनीतिक नियोगका गाडी र मानवअधिकार सम्बद्ध संस्थाका सवारी बाहेक अन्य सबै यातायात तथा उद्योग, कल कारखाना, बिद्यालय, ब्यापार, ब्यवसाय बन्द गरिदिन सो पार्टीले आह्वान गरेको छ ।

बन्द शान्तिपूर्ण हुने र त्यसको प्रतिरोध गरिए प्रतिकार गर्न तयार रहेको जिल्ला प्रचार सचिव गुनाराम घिमिरेले बताए ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ७ : ४१ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा