२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

प्रचण्ड-नेपाल पक्ष सर्लाहीका इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु



सर्लाही । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ ।

बरहथबामा भएको नेकपाको मसाल जुलुस सकेर नयाँरोडतर्फ जाँदै गर्दा नयाँरोड-बरहथवा सडकखण्डको सोल्टिमोड नजिक भएको मोटरसाइकल दुर्घटनामा वाग्लेको मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

बुधबार राति ९ बजेतिर सडकमा लडिरहेको शव र ज १० प ३२०६ नम्बरको मोटरसाइकल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हरिपुर नगरपालिका-१ हजारबिघा घर भएका ५१ वर्षका वाग्लेलाई उपचारको लागि बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

उनको आँखाको छेउमा सामान्य निलडाम जस्तो देखिए पनि शरीरको अन्य भागमा कुनै चोट नलागेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी उद्धवसिंह भाटले जनाएका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने वाग्लेको मृत्यु रहस्यमय भएको जनाएका छन् । उनले वाग्लेलाई श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ८ : ०३ बजे

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ