१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

‘फाइभ जी’को तयारी गर्न नेपाल टेलिकमलाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीको सुझाव



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले ‘फाइभ जी’ सेवामा लैजानको निम्ति तयारी गर्नुपर्ने बताएका छन् ।

बिहीबार नेपाल टेलिकमको १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल टेलिकमले तुरुन्तै ‘फाइभ जी’मा जानको लागि तयारी गर्नुपर्ने बताएका हुन् ।

फोर जी सेवाको व्यवस्थापन, कार्यान्वयन तथा लगानी गर्दाको प्रभावकारीता समिक्षा गर्दै फाइभ जी तर्फ जानुपर्ने आवश्यकता रहेको गुरुङको भनाइ छ । नेपाल टेलिकमको फ्रिक्वेन्सीहरुलाई प्रयोगहिन नबनाउन उनले आग्रह समेत गरे ।

मन्त्री गुरुङले नेपाल टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा अघि बढाउनुपर्ने पनि बताए । टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा व्यवस्थापन गर्ने पहलकदमी मन्त्रालयले लिने उनो भनाइ छ । गुरुङले कर्मचारीको नियमावली पास गरेर कर्मचारी व्यवस्थापनको क्षेत्रमा नयाँ ढंगले सुधार गर्नुपर्ने पनि बताए । कर्मचारीहरुले फिल्डमा जान मन नगरेको भन्दै उनले कार्यविधि बनाएर कर्मचारी एकपल्ट फिल्डमा जानैपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

संस्थाको हितको निम्ति कर्मचारीहरुले उठाएका आवाजहरुलाई पुरा गर्न मन्त्रालय तयार रहेको उनको भनाई छ । कर्मचारीको वृत्तिविकास र हकहितमा मन्त्रालयले ध्यानदिने भएपनि कर्मचारीको मागहरु व्यक्ति केन्द्रित नभई टेलिकम र सेवाग्राहीको हितमा पनि हुनुपर्ने उनले बताए ।

नेपाल टेलिकमले आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब रुपैयाँ नाफा गरेको छ ।

टेलिकमले आर्थिक वर्ष २०७६/७७ मा ४२ अर्व ९८ करोड रुपैयाँको कारोबार गरेको थियो । त्यसअघिको आर्थिक वर्ष २०७५÷७६ मा टेलिकमको कारोबार ३३ अर्ब ३० करोड रुपैयाँको रहेको थियो ।

नेपाल टेलिकमले मंसिर महिनाको अन्त्यसम्ममा २ करोड ९ लाख २७ हजार जनालाई ‘भ्वाइस’ सेवा प्रदान समेत गरेको छ । टेलिकमका जीएमएम मोबाइल सेवाका ग्राहक १ करोड ८४ लाख ३१ हजार रहेका छन् । यस्तै, १८ लाख ८ हजार ग्राहकले सीडीएमए सेवा र ६ लाख १७ हजार ग्राहकले पीएसटीएन सेवा लिइरहेका छन् । गत कार्तिकसम्म भ्वाइसतर्फ ५३.६५ प्रतिशत बजारहिस्सा रहेको टेलिकमले जनाएको छ । टेलिकमका इन्टरनेट डाटा प्रयोगकर्ताको संख्या गत मंसिरसम्म १ करोड ६४ लाख ९ हजार ५ सयभन्दा बढी पुगेको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ४ : ३९ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर