८ माघ २०८२, बिहिबार | January 22, 2026

संवैधानिक आयोगमा नियुक्ति र सपथ विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश



काठमाडौं । संवैधानिक आयोगहरुमा गरिएका विभिन्न नियुक्ति विरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

नियुक्ति विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीस कुमार रेग्मीको एकल इजलासले सरकारलाई १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले यही माघ २० गते सर्वोच्चमा दायर गरेको रिटमा संसदीय सुनुवाइ नगरी गरिएको नियुक्ति गैरसंवैधानिक भएको भन्दै त्यसलाई रोक्न माग गरेका थिए ।

त्रिपाठीको रिटमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतलाई विपक्षी बनाइएको छ । तर, संसदीय सुनुवाई विना नै सरकारले संवैधानिक आयोगकका प्रमुख एवं पदाधिकारीलाई नियुक्ति र शपथग्रहण गराइसकेको छ । उनीहरुले आफ्नो कार्यभार सम्हालिसकेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ३ : ०६ बजे

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न

लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६औँ चार्टर नाइट सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औँ चार्टर

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको