२३ आश्विन २०८३, शुक्रबार | October 10, 2026

विभिन्न संवैधानिक निकायका २० पदाधिकारी नियुक्ति विरुद्ध सर्वोच्चमा पुनः रिट दायर



काठमाडौं । पछिल्लो पटक विभिन्न संवैधानिक आयोगमा नियुक्त २० पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

यही असार १० गते राष्ट्रपतिद्वारा नियुक्त भएका ती पदाधिकारीको नियुक्तिको बदर माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

संसदीय सुनुवाई विना नै संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरिनु संविधान विपरित भएको भन्दै त्रिपाठीले रिट बदरको माग गरेका छन् । रिटमा रिटको टुंगो नलागेसम्म उनीहरुलाई कामकाज गर्न नदिन अन्तरिम आदेश माग गरिएको छ ।

अध्यादेशको भरमा चलाइएको संवैधानिक परिषद्का ३ जना मात्र पदाधिकारी बसेर गत बैशाख २६ गते लोकसेवा आयोगका अध्यक्ष र पदाधिकारीसहित अन्य संवैधानिक निकायका पदाधिकारी गरी २० जनालाई नियुक्ति सिफारिस भएको थियो । उनीहरुलाई ४५ दिन कटाएर संसदीय सुनुवाइविनै असार १० गते राष्ट्रपतिले नियुक्ति दिएकी थिइन ।

सर्वोच्च अदालतमा यसअघि गत पुषमै संवैधानिक परिषद कार्यसंचालन सम्बन्धी अध्यादेश विरुद्ध रिट परेको थियो । सो रिट हालसम्म पनि विचाराधीन अवस्थामा रहेको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ४ : ५१ बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट