१२ बैशाख २०८१, बुधबार | April 24, 2024

संवैधानिक आयोगमा नियुक्ति खारेजीको माग गर्दै सभामुख सापकोटाद्वारा सर्वोच्चमा रिट दायर , आइतबार पेशी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्ति विरुद्ध प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

सभामुख सापकोटा आफै उपस्थित भएर दायर गरेको रिटको पेशी आइतबारको लागि तोकिएको छ ।

प्रधानमन्त्रीले गैरसंवैधानिक रुपमा संवैधानिक आयोगमा गरेको नियुक्ति खारेज गर्न माग गर्दै सभामुखले रिट दायर गर्न लागेको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए।

सभामुखको रिटमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीस, मुख्यसचिव र बुधवार राष्ट्रपति कार्यालयमा शपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र सदस्यहरू सबैलाई विपक्षी बनाएका छन् ।

सभामुखसहित शशी श्रेष्ठ, रेखा शर्मा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायतका प्रतिनिधि सभाका सदस्यहरुपनि सर्वोच्च पुगेका थिए।

सभामुख सापकोटाले संवैधानिक परिषदबाट संसदीय सुनुवाइका लागि प्राप्त सिफारिस पत्रलाई संसद् नभएको अवस्थामा सुनुवाइ समिति नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिसको पत्र सक्कल समेत फिर्ता पठाएका थिए।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्त गरि सपथ समेत खुवाएका थिए ।

यसको विरोधमा प्रचण्ड-नेपाल पक्षको नेकपाले आम हड्ताल नै गरिसकेको छ भने नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजले समेत विरोध जनाउँदै आएका छन्।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ११ : ५० बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको