११ चैत्र २०८२, बुधबार | March 25, 2026

पाकिस्तानी दूतावासले मनायो काश्मिर ऐक्यबद्धता दिवस



काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले काश्मिरीहरूको जनमतसङ्ग्रहको चाहनाप्रति ऐक्यबद्धता जनाउँदै ऐक्यबद्धता दिवस मनाएको छ ।

कास्मिर दिवसको अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत तोकिनुभएका सैद हैदर शाहले सात दशकभन्दा बढी समयदेखि समाधान नभएको काश्मिर विवाद जनमतसङ्ग्रहबाट समाधान गर्नुपर्नेमा जोड दिए । राजदूत शाहले त्यस निम्ति राष्ट्रसङ्घसमक्ष गरिएको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने बताए ।

शाहले विश्व शान्ति र स्थायित्वका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने दायित्व बोकेका विश्व संस्थाले पनि आफ्नो उत्तरदायित्वबाट विमुख हुन नहुने विचार व्यक्त गर्दै काश्मिर समस्या समाधान गर्न अन्तरराष्ट्रिय समुदायको प्रभावकारी भूमिकाको अपेक्षा पाकिस्तानले गरेको बताए ।

सन् १९४८ मा राष्ट्रसङ्घ सुरक्षा परिषद्ले काश्मिरमा जनमतसङ्ग्रह गराउने प्रस्ताव पारित गरेको तथा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको वास्तविकता प्रस्तुत गर्दै उनले राष्ट्रसङ्घको पारित प्रस्ताव कार्यान्वयन हुनुपर्ने दोहो¥याए ।

त्यसअघि काश्मिर ऐक्यबद्धता दिवसका अवसरमा पाकिस्तानका राष्ट्रपति आरिफ अल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह मेहमुद कुरेसीले जारी गर्नुभएको सन्देश वाचन गरिएको तथा काश्मिरको पछिल्लो स्थिति झल्किने वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

दक्षिण एशियाको शान्ति, विकास र स्थायित्वका लागि भारत पाकिस्तानबीचको विवाद चाँडो अन्त्य हुनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी तथा पत्रकारको उपस्थिति थियो ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ४ : १६ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग