२३ आश्विन २०८३, शुक्रबार | October 10, 2026

तेस्रो लाफा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता : पोखराका खड्का र अधिकारीको जोडीलाई लाफा ब्याडमिन्टनको उपाधि



बुटवल । शनिबार फाईनल खेलमा बुटवलका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २–१ को सेटमा पराजित गर्दै पोखराका बिशाल खड्का र विधान अधिकारीको जोडीले तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि चुमेका छन । लाफा समूह बुटवलको आयोजनामा भएको प्रतियोगिताको उपाधिसंगै खड्का र अधिकारीको जोडीले नगद ५५ हजार ५ सय ५५, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत भएका छन । बुटवलका नेपाल र रायमाझीको जोडी नगद ४१ हजार ५ सय ५५ रुपैया, कम, मेडल, प्रमाणपत्रमा चित्त बुझाए । खुल्लातर्फ पोखराका विशाल बस्नेत र प्रनिश सिह ठकुरी जोडी तथा लाफा समुहका सुशील गिरि र विबेक न्यौपानेको जोडी तेस्रो हुँदै नगद ३१ हजार ५ सय ५५ रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

भेट्रान्सतर्फको खेलमा पाल्पाका वसन्त बज्राचार्य र महेश बज्राचार्यको जोडीले उपाधि हात पारेका छन । फाईनल खेलमा गुल्मीका नवराज श्रेष्ठ र कृष्ण रानाको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै पाल्पाका बज्राचार्यको जोडी विजयी हुँदै नगद २५ हजार ५ सय ५५, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका हुन । उपविजेता गुल्मीका श्रेष्ठ र रानाको जोडी नगद १५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । भेट्रान्सतर्फ बुटवलका गोपाल टण्डन र अर्जुन बहादुर कार्कि तथा शंकरनगरका पुरन गाहा र सुरज गुुुुरुङ तेस्रो हुदै नगद १० हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।

प्रतियोगितामा गुल्मीका मनोज फौदार उदयमान खेलाडी, दाङका हिमान्शु कवर उत्कृष्ट खेलाडी, बुर्तिवाङका जेनिस शेरचन अनुसाशित खेलाडी घोषित हुदै नगद, कप, मेडल र प्रमाणपत्रबाठ पुरस्कृत भए ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं ८ का वडाअध्यक्ष भिम बहादुर श्रेष्ठ, लाफा समुहका अध्यक्ष तारा रेश्मीमगर, बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ, क्लबका संरक्षक बासुदेव लामिछाने, सल्लाहकार केशव राना, सल्लाहकार देवेन्द्र थापाले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

समाज रुपान्तरणका लागि स्थापनाकालदेखि रक्तदान, विभिन्न आपतकालिन अवस्थामा राहत संकलन, नेपाली संस्कृतिलाई जगेर्ना गर्नको निम्ति विभिन्न सांस्कृतिक कार्यक्रम तथा भलिबल, फुटबल, ब्याडमिन्टन लगायत विभिन्न प्रतियोगिता गर्दै आएको छ ।
प्रतियोगिता संयोजन पुरन गाहाले टप रेकिङभन्दा बाहिरका खेलाडीहरुले भाग लिने बताए । यसवर्ष खुलातर्फ ५८ र भेट्रान्स तर्फ २८ बढि टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ९ : २६ बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट