८ चैत्र २०८२, आइतबार | March 22, 2026

संवैधानिक निकायको नियुक्ति विरुद्ध परेको रिटको आज सुनुवाइ हुँदै



काठमाडौं । संसदीय सुनुवाई नगरि संवैधानिक निकायमा गरेका पदाधिकारी नियुक्ति असंवैधानिक भएको दाबी गर्दै प्रतिनिनिधिसभाका सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ आज हुने भएको छ ।

सभामुख सापकोटाले गत शुक्रबार दायर गराएको रिटमा संसदीय सुनुवाइ बिना गरिएको नियुक्ति असंवैधानीक भएको भन्दै नियुक्ति कार्यान्वयन नगराउन परमादेश सहितको माग गरिएको थियो । शुक्रबार दर्ता भएको रिट निबेदन उपर सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा आज सुनुवाइ हुने भएको हो।

सभामुख सापकोटाले संसद् नभएको अवस्थामा सुनुवाइ समिति नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिस सक्कल सहित फिर्ता पठाएका थिए।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिका प्रक्रियाहरु पुरा नगरि गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्ति दिनुका साथै सपथ समेत गराएका थिए ।

राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्का अध्यक्ष रहने प्रधानमन्त्री, सदस्यहरु प्रधानन्यायाधीश र राष्ट्रिय सभा अध्यक्ष तथा विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीलगायत ३९ जनालाई विपक्षी बनाइ सभामुख सापकोटाले रिट निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका थिए ।

निक्तिको विरोधमा प्रचण्ड(नेपाल पक्षको नेकपा सहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजसमेतले आन्दोलन गरिरहेका छन्।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १२ : २८ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ