२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

रुपन्देहीमा रहेका श्रवण दृष्टिविहीनता भएका व्यक्तिलाई गमनशिलता तालिम



बुटवल । रुपन्देहीमा रहेका श्रवणदृष्टिविहिनता भएका व्यक्ति, तीनका अभिभावक तथा सरोकारवाला निकायहरुलाई गमनशिलता तालिम दिईएको छ । रुपन्देही नेत्रहिन संघ श्रवण दृष्टिविहिन परियोजनाको आयोजानमा सरोकारवाला बीच अन्र्तरक्रिया गर्दै गमनशिलता तालिम प्रदान गरिएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीले सिकेको सिपलाई व्यवहारमा लागू गरी श्रवणदृष्टिविहिनता भएका व्यक्तिहरुको दैनिक सिकाई क्रियामा सहयोगी बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल नेत्रहिन संघ केन्द्रीय कार्यालयको श्रवण दृष्टिविहिन परियोजानका संयोजक शंकर चैसीरले श्रवण दृष्टिविहीनता भएका व्यक्तिहरुको अवस्था, उनीहरुलाई गर्ने क्रियाकलाप, अभिभाव तथा समाजको भुमिकाको विषयमा सहजीकरण गरेका थिए ।

श्रवण दृष्टिविहिन परियोजना का सहजकर्ता टिकाराम पौडेलका अनुसार तालिम तथा अन्तरक्रिया कार्यक्रममा रुपन्देही जिल्लाका विभिन्न तहमा रहेका श्रवण दृष्टिविहिनता भएका बालबालिका, उनका अभिभावकहरुको सहभागीता रहेको थियो । तालिम समापन कार्यक्रममा योगेन्द्र थापा, संमन्वय समितिका अध्यक्ष टिकाराम भुषाल लगायतले आ आफ्नो भनाई राखेका थिए । तालिममा सेतो छडी प्रयोग सम्बन्धी तालिम, भान्सामा के कसरी काम गर्ने, कम्युटरको आधारभुत ज्ञान, मोवाईल चलाउने तरिका लगायतका विषयमा प्रशिक्षण दिईएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ८ : ०३ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको