१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देहीमा रहेका श्रवण दृष्टिविहीनता भएका व्यक्तिलाई गमनशिलता तालिम



बुटवल । रुपन्देहीमा रहेका श्रवणदृष्टिविहिनता भएका व्यक्ति, तीनका अभिभावक तथा सरोकारवाला निकायहरुलाई गमनशिलता तालिम दिईएको छ । रुपन्देही नेत्रहिन संघ श्रवण दृष्टिविहिन परियोजनाको आयोजानमा सरोकारवाला बीच अन्र्तरक्रिया गर्दै गमनशिलता तालिम प्रदान गरिएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीले सिकेको सिपलाई व्यवहारमा लागू गरी श्रवणदृष्टिविहिनता भएका व्यक्तिहरुको दैनिक सिकाई क्रियामा सहयोगी बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल नेत्रहिन संघ केन्द्रीय कार्यालयको श्रवण दृष्टिविहिन परियोजानका संयोजक शंकर चैसीरले श्रवण दृष्टिविहीनता भएका व्यक्तिहरुको अवस्था, उनीहरुलाई गर्ने क्रियाकलाप, अभिभाव तथा समाजको भुमिकाको विषयमा सहजीकरण गरेका थिए ।

श्रवण दृष्टिविहिन परियोजना का सहजकर्ता टिकाराम पौडेलका अनुसार तालिम तथा अन्तरक्रिया कार्यक्रममा रुपन्देही जिल्लाका विभिन्न तहमा रहेका श्रवण दृष्टिविहिनता भएका बालबालिका, उनका अभिभावकहरुको सहभागीता रहेको थियो । तालिम समापन कार्यक्रममा योगेन्द्र थापा, संमन्वय समितिका अध्यक्ष टिकाराम भुषाल लगायतले आ आफ्नो भनाई राखेका थिए । तालिममा सेतो छडी प्रयोग सम्बन्धी तालिम, भान्सामा के कसरी काम गर्ने, कम्युटरको आधारभुत ज्ञान, मोवाईल चलाउने तरिका लगायतका विषयमा प्रशिक्षण दिईएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ८ : ०३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज