२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

रुपन्देहीको देवदह नगरपालिका १० का वडाध्यक्षको दादागिरी, पानी बेच्न हिडेका युवालाई मादक पदार्थ सेवन गरी कुटपिट



बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० चरङेमा पिउनेपानीको जार छोडेर फर्कदै गरेका ३ युवालाई देवदह नगरपालिका वडा नं. १० का वडाअध्यक्ष यक बहादुर सुनारले सोमबार कुटेका छन ।

सडक खण्ड मर्मत कार्य जारी रहेको निमार्णधिन घुम्तीनिर लु १ ज ३३३६ नम्बरको सेतो पिकअपमा पिउनेपानीको जार छोडेर फर्कदै गरेका ३ जना युवालाई वडाअध्यक्षले निघार्त कुटपिट गरेका हुन ।

देवदह पिउनेपानी (वर्षा) को ठेक्कामा काम गर्दै आएका सुक्लम श्रेष्ठ, आशिष राना मगर र राजेश बाराघरे पिउने पानी बेचेर फर्कदै थिए ।
कुटाईबाट राजेश बाराघरेको नाकमा चोट लागेको उनले बताए ।

मादक पदार्थ सेवन गरेका वडाअध्यक्षले आफनो क्षेत्र भएको भान हुने गरि दादागिरि देखाएको मगरले दुखेसो गरे । सवारी साधनमा क्षति भएको भए त्यसै अनुसारको कानुनी उपचार लिन सकिने भन्दै उनले हामीले कुनै गल्ती नै नगर्दा एकोहोरो खनिएको उनले बताए ।

यसअघि समेत वडाअध्यक्ष सुनार पटक पटक विवादमा आउने गरेका छन । उनी कहिले स्थानिय युवाहरुलाई हातपात गर्ने, कहिले नदीजन्य सामग्रीको बिबादमा समेत आउने गरेको स्थानिय युवाहरु बताउछन ।

पिडित युवाहरुले रामनगरस्थित वडा प्रहरी कार्यालयमा मंगलबार पिडक वडाअध्यक्षलाई आवश्यक कारवाही गरिपाउ भन्दै निवेदन दिएका छन । युवाहरुले आफुहरुमाथि हातपात लछारपछार र कुटपिटका साथै अद्र ब्यवहारको कसुर गरेका वडाअध्यक्षलाई आवश्यक कारवाहीको माग गर्दै निवेदन दिएका हुन ।

युवाहरुले आफूहरुमाथि हातपात लछारपछार र कुटपिटका साथै अबद्र ब्यवहारको कसुर गरेको आरोपसहित निवेदन दर्ता गराएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक गोविन्द रेग्मीले बताए ।

‘हामीले दुबै पक्षलाई छलफलका लागि बोलाएका छौं, अध्यक्ष ज्यूलाई फोन गर्दा आज पालिकाको बैठक भएकाले भोलि बस्ने भनेका छौ ।’-रेग्मीले भने, घटना बारे थप बुझेर कारबाही प्रक्रिया अगाडी बढाउँछौं ।

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ४ : ०५ बजे

वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै, कोशी र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । वर्षा गराउने प्रणाली क्रमशः पश्चिमबाट पूर्वतर्फ सर्दै गैरहेको

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी