१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

रुपन्देहीको देवदह नगरपालिका १० का वडाध्यक्षको दादागिरी, पानी बेच्न हिडेका युवालाई मादक पदार्थ सेवन गरी कुटपिट



बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० चरङेमा पिउनेपानीको जार छोडेर फर्कदै गरेका ३ युवालाई देवदह नगरपालिका वडा नं. १० का वडाअध्यक्ष यक बहादुर सुनारले सोमबार कुटेका छन ।

सडक खण्ड मर्मत कार्य जारी रहेको निमार्णधिन घुम्तीनिर लु १ ज ३३३६ नम्बरको सेतो पिकअपमा पिउनेपानीको जार छोडेर फर्कदै गरेका ३ जना युवालाई वडाअध्यक्षले निघार्त कुटपिट गरेका हुन ।

देवदह पिउनेपानी (वर्षा) को ठेक्कामा काम गर्दै आएका सुक्लम श्रेष्ठ, आशिष राना मगर र राजेश बाराघरे पिउने पानी बेचेर फर्कदै थिए ।
कुटाईबाट राजेश बाराघरेको नाकमा चोट लागेको उनले बताए ।

मादक पदार्थ सेवन गरेका वडाअध्यक्षले आफनो क्षेत्र भएको भान हुने गरि दादागिरि देखाएको मगरले दुखेसो गरे । सवारी साधनमा क्षति भएको भए त्यसै अनुसारको कानुनी उपचार लिन सकिने भन्दै उनले हामीले कुनै गल्ती नै नगर्दा एकोहोरो खनिएको उनले बताए ।

यसअघि समेत वडाअध्यक्ष सुनार पटक पटक विवादमा आउने गरेका छन । उनी कहिले स्थानिय युवाहरुलाई हातपात गर्ने, कहिले नदीजन्य सामग्रीको बिबादमा समेत आउने गरेको स्थानिय युवाहरु बताउछन ।

पिडित युवाहरुले रामनगरस्थित वडा प्रहरी कार्यालयमा मंगलबार पिडक वडाअध्यक्षलाई आवश्यक कारवाही गरिपाउ भन्दै निवेदन दिएका छन । युवाहरुले आफुहरुमाथि हातपात लछारपछार र कुटपिटका साथै अद्र ब्यवहारको कसुर गरेका वडाअध्यक्षलाई आवश्यक कारवाहीको माग गर्दै निवेदन दिएका हुन ।

युवाहरुले आफूहरुमाथि हातपात लछारपछार र कुटपिटका साथै अबद्र ब्यवहारको कसुर गरेको आरोपसहित निवेदन दर्ता गराएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक गोविन्द रेग्मीले बताए ।

‘हामीले दुबै पक्षलाई छलफलका लागि बोलाएका छौं, अध्यक्ष ज्यूलाई फोन गर्दा आज पालिकाको बैठक भएकाले भोलि बस्ने भनेका छौ ।’-रेग्मीले भने, घटना बारे थप बुझेर कारबाही प्रक्रिया अगाडी बढाउँछौं ।

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ४ : ०५ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका