१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

ट्राफिक प्रहरी महाशाखाद्वारा हराएका २५ मोटरसाइकल धनिलाई हस्तान्तरण



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाईकल सम्बन्धित धनिलाई हस्तान्तरण गरेको छ ।

मंगलवार महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रमको आयोजना गरी भेटिएका मोटरसाईकलहरु सम्बन्धित धनिहरुलाई हस्तान्तरण गरेको हो ।

उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका मोटरसाईकलहरु बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट फेला पारी सम्बन्धित धनिहरुलाई हस्तान्तरण गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईले जानकारी दिए ।

प्रमुख भट्टराईले मोटरसाईकल हराउने अवस्था रोकी सवारी धनिलाई मानसिक र आर्थिक क्षतिबाट कसरी बचाउन सकिन्छ भन्नेबारे आफुले उपाय खोजिरहेको बताए ।

सवारी धनि स्वयम्ले सवारी हराउनु हुन्न भन्नेमा चिन्तित भएर अतिरिक्त सुरक्षाको व्यवस्था गरे हराउने क्रम घट्न सक्ने उनले बताए । ट्राफिक प्रहरीले सादा पोसाकका प्रहरी परिचालन गरेर हराएको मोटरसाईकल र स्कुटर खोज्ने कामलाई तिव्रता दिएको प्रमुख भट्टराईले बताए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ४ : २५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम