१८ श्रावण २०८३, सोमबार | August 3, 2026

भारतमा हिमनदी विस्फोटपछि भएको जनधनको क्षतिप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त



काठमाडौं । भारतको उत्तराखण्डमा हिमनदी विस्फोटमा परेर भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छिन् ।

राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्याण्डलमार्फत सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले बाढीका कारण जनधनको ठूलो क्षति भएकोमा दुःख व्यक्त गरेकी हुन् । भण्डारीले शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले हिमनदी विस्फोटको घटनाबाट जलवायु परिवर्तनले ल्याएको चुनौतीको सामना गर्न हिमालय क्षेत्रका राष्ट्रहरु बीच अझ बलियो समन्वय आवश्यक भएको समेत जनाएकी छिन् ।

‘मित्रराष्ट्र भारतको उत्तराखण्डमा हिमनदी विस्फोट भई आएको बाढीका कारण जनधनको ठूलो क्षति भएकोमा दुस्ख व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । यस घटनाबाट जलवायु परिवर्तनले ल्याएको चुनौतीको सामना गर्न हिमालय क्षेत्रका राष्ट्रहरू बीच अझ बलियो समन्वय जरुरी देखिएको छ।’

केही दिनअघि भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा ग्लेसियर विस्फोट हुँदा धौलीगंगा नदीमा आएको बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १२ : ३४ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क