२९ मंसिर २०८२, सोमबार | December 15, 2025

काठमाडौंमा प्रचण्ड-नेपाल नेकपाको विरोध सभा सुरु (फोटो फिचर)



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको आयोजनामा काठमाडौंमा विरोधसभा सुरु भएको छ ।
सभास्थलमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरु मञ्चमा पुगिसकेका छन् ।

सभा सुरु हुनुअघि हुन लागेको बृहत आमसभा अगाडि विभिन्न स्थानबाट जुलुस निस्किएको छ । आमसभामा सहभागी हुन मुख्य जुलुसको सुन्धराबाट अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् । केशरमहलबाट निस्किएको जुलुसको नेतृत्व दीनानाथ शर्मा, शक्ति बस्नेत, भीम रावल लगायतका नेताले गरेकाछन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा गर्न लागेको विरोध प्रदर्शनमा २ लाख बढीको सहभागिता हुने दाबी नेकपाले गरेको छ ।

उपत्यकाका विभिन्न स्थानबाट जुलुस निस्किएको जुलुस आमसभास्थल रत्नपार्क भद्रकाली रोडमा पुगिरहेको छ । आमसभा सुरु हुनुअघि नै आमसभास्थलमा ठूलो संख्यामा मानिसहरु जम्मा भैसकेका छन् । पुल्चोक, माइतीघर, त्रिपुरेश्वरबाट पनि जुलुस निस्केको छ ।

जुलुसपछि आयोजना हुने सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामकुमारी झाँक्री लगायतका नेताले सम्बोधन गर्ने भएका छन् ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १ : २८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले