१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

काठमाडौंमा प्रचण्ड-नेपाल नेकपाको विरोध सभा सुरु (फोटो फिचर)



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको आयोजनामा काठमाडौंमा विरोधसभा सुरु भएको छ ।
सभास्थलमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरु मञ्चमा पुगिसकेका छन् ।

सभा सुरु हुनुअघि हुन लागेको बृहत आमसभा अगाडि विभिन्न स्थानबाट जुलुस निस्किएको छ । आमसभामा सहभागी हुन मुख्य जुलुसको सुन्धराबाट अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् । केशरमहलबाट निस्किएको जुलुसको नेतृत्व दीनानाथ शर्मा, शक्ति बस्नेत, भीम रावल लगायतका नेताले गरेकाछन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा गर्न लागेको विरोध प्रदर्शनमा २ लाख बढीको सहभागिता हुने दाबी नेकपाले गरेको छ ।

उपत्यकाका विभिन्न स्थानबाट जुलुस निस्किएको जुलुस आमसभास्थल रत्नपार्क भद्रकाली रोडमा पुगिरहेको छ । आमसभा सुरु हुनुअघि नै आमसभास्थलमा ठूलो संख्यामा मानिसहरु जम्मा भैसकेका छन् । पुल्चोक, माइतीघर, त्रिपुरेश्वरबाट पनि जुलुस निस्केको छ ।

जुलुसपछि आयोजना हुने सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामकुमारी झाँक्री लगायतका नेताले सम्बोधन गर्ने भएका छन् ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १ : २८ बजे

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

दमौली । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ डुमरियामा कृषि तथा जलवायु मौसम

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने