११ चैत्र २०८२, बुधबार | March 25, 2026

सबैतिरबाट पराजित भएपछि ओली पशुपतिको शरणमा पुगे : झलनाथ खनाल



काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली राजनीतिक रुपले पराजित भैसकेको दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित वृहत विरोधसभालाई सम्बोधन गर्दैै वरिष्ठ नेता खनालले ओली सैद्धान्तिक रुपमा पराजित भएका कारण पशुपतिमा पुगेर संकल्प पूजा गर्ने अवस्थामा पुगेको बताएका हुन् । खनालले भने, ‘ओलीलाई अब माक्र्सवाद र विज्ञानमाथि विश्वास छैन भविष्यप्रति विश्वास छैन त्यसैले पशुपतिमा मूर्तिमाथि विश्वास छ ।’

खनालले प्रगितमन र ओलीको निरंकुशता विरुद्धको आन्दोलन सफल नबनाइ नेकपाले विश्राम नलिने प्रतिवद्धता जनाए । उनले सबै राजनीतिक दल र शक्तिलाई संयुक्त आन्दोलनमा सहभागी हुन अपिल समेत गरे ।

‘हामी स्थायित्वका लागि लडिरहेका छौ । हाम्रो बाटो समाजवाद हो । ५८ वर्ष लगाएर सामन्तवादलाई समाप्त पार्यौं । १० वर्ष लगाएर राम्रो संविधान बनायौं । त्यो संविधान आज ओलीले भत्काएका छन् ।’, खनालले थपे, ‘यो आन्दोलन नेकपाको दुई गुटको आन्दोलन हैन, यो प्रतिक्रान्ति विद्धको आन्दोलन हो । यो अर्को क्रान्ति हो । यो सबै नेपाली जनताको आन्दोलन हो । प्रतिगमन विरुद्ध हामी अर्को क्रान्ति गर्दैछौं । तानाशाही गुटका विरुद्ध सिंगो देशको आन्दोलन हो । आउनुहोस त्यसैले सबै मिलेर आन्दोलन गरौं ।’

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ३ : ५१ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई