२९ मंसिर २०८२, सोमबार | December 16, 2025

प्रचण्डको चेतावनी : निर्वाचन आयोगले लक्षण राम्रो देखाएको छैन, संवैधानिक निकायले खेलाँची गरे राम्रो हुँदैन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा आयोजित बृहत विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउने बताएका हुन् । प्रचण्डले प्रधानमन्त्री ओलीलाई व्यङ्ग गर्दै विरोध प्रदर्शन कस्तो हुन्छ भन्ने हेर्न आग्रह गरे । प्रचण्डले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ? जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन्। जरूरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं।’

अध्यक्ष प्रचण्डले केपीको डर धाक धम्कीसँग नडर्न उनले निर्वाचन आयोगलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले निर्वाचन आयोग पुगेर आयुक्तहरुलाई धम्की दिएको आरोप लगाउँदै त्यसपछि आयुक्तहरुले खुट्टो कमाउन लागेकोमा आश्चर्य व्यक्त गरे ।

उनले ओलीको धम्कीपछि खुट्टो कमाए सजिलो नहुने दाबी गरे । निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको भन्दै प्रचण्डले चेतावनीयुक्त भाषामा भने, ‘‘ठगि धन्दाको पछि लाग्ने ? काइते कुराको पछि लाग्ने ? अनि जनताले सहन्छ ?’

प्रचण्डले ‘संवैधानिक निकायमा पुगेका मान्छेले खेलाचीँ गरे भने उनीहरुले दुःख पाउँने जिकिर गरे । उनले भने, ‘त्यसपछि जनताले दुःख पाउँछन् ।’ ‘हामीले अदालतप्रति भरोसा गरेका छौं तर गर्ने निर्णय त्यही हो छिटो निर्णय गर मात्रै भनेका छौ ।’ प्रचण्डले थपे ।

अध्यक्ष प्रचण्डले बाँकी जीवन यो देशको गरिमा र जनताको निम्ति समर्पित गर्ने प्रतिज्ञा गरे । उनले आफुहरुलाई कुर्ची नचाहिएको र राष्ट्र हित प्रतिष्ठा मात्रै चाहिएको जिकिर गरे ।

 

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ४ : ५१ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको