६ बैशाख २०८३, आइतबार | April 19, 2026

सामुदायिक विद्यालयमा दिवा खाजा



काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी घोषणा गरिएको दिवा खाजा कार्यक्रम विद्यालयहरूमा शुरू गरिएको छ ।

कोरोना भाइरस न्यून हुँदै भौतिक रूपमा विद्यालय सञ्चालन हुन थालेपछि विद्यालयमा दिवा खाजा शुरू गरिएको हो । योसँगै अब सामुदायिक विद्यालयमा अध्ययनरत देशभरका विद्यार्थीले विद्यालयमा खाजा खाँदै पठनपाठन अगाडि बढाउन पाउने भएका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले विद्यालयहरू भौतिक रूपमा सञ्चालनमा आएसँगै विद्यालयमा दिवा खाजा कार्यक्रम शुरू गरिएको जानकारी दिए ।

यसका लागि आवश्यक पर्ने बजेट स्थानीय तहमार्फत उपलब्ध गराइएको छ । केन्द्रका अनुसार एक विद्यार्थीलाई बढीमा १८० दिनका लागि खाजा रकम उपलब्ध गराइनेछ । कोरोना प्रभावका कारण विद्यालय पुनः सञ्चालनमा आउन बाँकी रहेका बाहेक अन्य विद्यालयमा विद्यालय खाजाको समस्या नहुने जनाइएको छ ।

काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत मोतीराज खनालले काठमाडौँ महानगरपालिका मातहतका सार्वजनिक विद्यालय माघ ११ बाट मात्र सञ्चालनमा आएका कारण धेरै विद्यालयमा भर्खरै मात्र दिवा खाजा कार्यक्रम शुरू गरिएको जानकारी दिए । यसका लागि विद्यालयले प्रतिदिन प्रतिविद्यार्थी १५ रुपियाँ खर्च गरी रकम निकासाको माग गरेपछि विद्यालयको खातामा पठाइनेछ ।

कर्णालीका विद्यार्थीले भने प्रतिदिन २० रुपियाँ पाउनेछन् । विद्यालयले विद्यार्थीलाई खाजा खुवाएपछि पछिल्लो महिनाको ७ गतेभित्र निकासाका लागि निवेदन दिनुपर्ने प्रावधान महानगरले बनाएको छ । सरकारी विद्यालयमा गरिब तथा विपन्न वर्गका विद्यार्थीको उपस्थिति धेरै हुने गरेकाले दिवा खाजाले सकारात्मक प्रभाव पर्ने विश्वास शिक्षा अधिकृत खनालले व्यक्त गरे ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घका अध्यक्ष कृष्ण थापाले भौतिक रूपमा विद्यालय खुले लगत्तै दिवा खाजा कार्यक्रम शुरू हुनु सकारात्मक भएको उल्लेख गरे ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी ल्याइएको दिवा खाजा कार्यक्रम स्वागतयोग्य भएको बताए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ७ : ०४ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका