२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

आज अवधी पत्रकारहरु बाँकेमा भेला हुँदै



नेपालगन्ज । अवधी भाषी पत्रकारहरुको बाँकेमा जमघट हुने भएको छ । अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको अवधी पत्रकार संघ नेपाल केन्द्रीय समिति र जिल्ला शाखा बाँकेको संयोजनमा बाँके डुडुवा गाउँपालिका कम्दी कम्मरशाह बाबा मजारमा आज (शनिबार) भेलाको आयोजना गरिएको हो ।

भेला तथा प्रशिक्षणमा बाँकेका सम्पुर्ण अवधी पत्रकार, तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधीहरुको सहभागिता रहने संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले बताए । केन्द्रीय अध्यक्ष मिश्रका अनुसार भेलामा कोरोना महामारीका बेला पत्रकारहरुले भोगेका समस्या, आगामी कार्ययोजना र संघको कार्यालय भवन निमार्णको पहलका विषयमा छलफल र पत्रकार आचारसंहिता तथा पत्रकारिताका विषयमा प्रशिक्षण समेत दिइने छ ।

त्यस अवसरमा बनभोज कार्यक्रमसंगै मनोरञ्जनका क्रियाकिलाप समेत राखिएको भेला तयारी समितिका संयोजक तथा जिल्ला शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले बताए । उनले विहान १० बजे शुरु हुने कार्यक्रमका लागि सम्पुर्ण अवधी पत्रकारलाई सहभागिताका लागि आह्वान समेत गरेका छन् ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ९ : ११ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन