१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालन हुँदै



बैतडी । कोरोना कहरका कारण स्थगित भएको ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालनमा आएको छ । निःशुल्करुपमा गाउँघरमै चिकित्सकीय सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

हालसम्म जिल्लाका तीन स्थानीय तहमा उक्त कार्यक्रम सम्पन्न भइसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। मेलौली नगरपालिका सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ । उनले भने, “प्रत्येक स्थानीय तहमा दुई दिने शिविर सञ्चालन गरेर सेवा दिन्छौँ ।” तीनवटै स्थानीय तहमा गरेर एक हजार ६०० लाई सेवा प्रदान गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

शिविरमा जनरल ओपीडी, अल्ट्रासाउण्ड, प्रयोगशाला, परिवार नियोजन, दन्त, अपाङ्गता परिचयपत्रका लागि सिफारिस, औषधि वितरणलगायतका सेवा प्रदान गरिँदै आएका छन् । ग्रामीण क्षेत्रका नागरिकलाई गाउँघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो ।

जिल्ला अस्पतालमा पुग्न सहज नभएका पालिकाका नागरिकलाई गाउँघरमै चिकित्सक पुगेर सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको डा जोशीले बताए । चालु आर्थिक वर्षमा जिल्लाका पाँचवटा दुर्गम पालिकामा शिविर सञ्चालन गरेर विभिन्न सेवा एकीकृतरुपमा दिने लक्ष्य रहेको जिल्ला अस्पतालले जनाएको छ । प्रदेश सरकारको कार्यक्रमअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनाका शिविर सञ्चालन भइरहेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : २७ बजे

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका