१२ बैशाख २०८१, बुधबार | April 24, 2024

दुनियाका कोही ताकतले बैशाखमा हुने चुनाव रोक्न सक्दैन : महासचिव बिष्णु पौडेल



काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महाधिवेशनबाट नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने र प्रधानमन्त्रीमा आफु नदोहोरी घोषणा गरिरहेका बेला नेकपा ओली पक्षका महासचिव बिष्णु पौडेलले भने आगामी महाधिवेशन र नयाँ बन्ने सरकारको नृतृत्व केपी ओलीले नै गर्नु पर्ने बताएका छन् । नेकपा ओली पक्षको लुम्बिनी प्रदेश कमिटीले आज बुटलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पौडेलले बैशाखको निर्वाचन पछि पनि ओली नेतृत्व मुलुकले ओली कै नेतृत्व खोजेको बताए ।

उनले प्रतिपक्षले समेत सरकारको विरोध गर्न नसकेका बेला पार्टी भित्रैबाट जालझेल र षडयन्त्र गरेर प्रधानमन्त्री ओलीलाई असहयोग भएको भन्दै पार्टी भित्र केहि नलागेपछि केही स्वार्थी तत्वहरु पार्टीबाट किनारा लागेको बताए । पौडेलले कम्युनिष्ट पार्टी विभाजित नभएको बताउंदै आगामी दिनमा पनि विभाजित हुन नदिईने स्पष्ट पारे । उनले दुनियाका कोही ताकतले बैशाखमा हुने चुनाव रोक्न नसक्ने बताउँदै हिजो हारेका स्थानमा पनि चुनाव जितेर देखाउने दाबी गरे ।

उनले प्रचण्ड-नेपाल पक्षले पार्टी र मुलुकको सत्ता कब्जा गर्ने महत्वाकांक्षाले गर्दा केहि नेताहरु पार्टीबाट चोँईटिएर गएको बताए । उनले पार्टी विभाजन नभएको दाबी गर्दै केहि पार्टी भित्रका जङगली प्रबृर्ति भएका ब्यक्तिहका कारण पार्टी विभाजन हुने होकी भन्ने आशंका उत्पन्न भएको बताए ।

उनले सडकमा गएका केहि नेता कार्यकर्ताहरु अलमलमा रहेपनि केहि मुट्ठीभर तत्वहरु पार्टी छाडेर गएको बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ६ : ०८ बजे

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको