४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवलमा सामुहिक ईहि(बेलबिबाह) तथा क्येटा (ब्रतबन्ध) पुजा शुरु



बुटवल । नेवार समूदायको मुख्य कर्म अन्तर्गत बुटवलमा नेवारी कन्याहरुको सामुहिक ईहि यज्ञ (बेलबिवाह) तथा क्येटा पुजा (ब्रतबन्ध) शुरु भएको छ । नेवा सेवा समिति बुटवल कालिकानगरको आयोजनामा देविनगरस्थित भुपुसैनिक क्लबमा दुई दिने कार्यक्रमका साथ ईही र क्येटा पुजा शुरु भएको हो ।

समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सामुहिक रुपमा गरिने यस्ता कार्यक्रमबाट छरिएर रहेका नेवारहरु बिच एकता हुनुको साथै एक्लाएक्लै पुजा गराउँदा हुने अधिक आर्थिक ब्ययभार समेत कम हुने दाबी गरे ।

नेवार पण्डित हरिशरणोराज्योपाध्यले संस्कृतिमा धनी नेवारहरु संगठित भएर लाग्दा नया पिढिलाई यसको ज्ञान हुने बताए ।

समितिका सचिव डिल्लि कुमार श्रेष्ठले यस वर्षको ईही यज्ञमा ८४ जना कन्याहरु सहभागि रहेको बताए । यसैगरि दोस्रो दिन ८ जना नेवार बालकको क्येटा पुजा (ब्रतबन्ध) समेत हुने उनले बताए । कार्यक्रममा रुपन्देही,काठमाडौ, दाङ, पाल्पा, अर्घाखाची लगायत क्षेत्रबाट सहभागिता रहेको छ ।

संयोजक बिष्णुमाया श्रेष्ठले नेवार जातिभित्र रहेको धनी र गरिबको खाडल हटाउन यसरी गरिने सामुहिक कार्यले सहयोग मिल्ने बताईन । विहान भुपुसैनिक क्लबबाट शुरु भएको जनचेतना र्याली समितिको भवन पुगेर पुनः भुपुसैनिकमा फर्किएर औपचारिक कार्यक्रम शुभारम्भ भएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ४ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको