८ बैशाख २०८१, शनिबार | April 20, 2024

अदालतले आयोगलाई निर्वाचनको तयारी रोक्न भनेको छैन : कांग्रेस सभापति देउवा



भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगलाई निर्वाचनको तयारी अगाडी बढाउन आग्रह गरेका छन् । नेपाली कांग्रेसले रुपन्देहीको भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवाले आयोगले निर्वाचनको कामलाई अगाडी नबढाएको गुनासो गरे ।

सभापति देउवाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचारधिन रहेपनि अदालतले निर्वाचन आयोगको काम रोक्न नभनेको भन्दै आयोगको क्रियाकलाप शंकास्पद रहेको बताए । प्रधानमन्त्री ओलीले गत पौष ५ गते संसद विघटन गरेपछि संवैधानिक व्यवस्था अनुसार त्यसको ६ महिना भित्र निर्वाचन गराउनु पर्ने भएपनि त्यो अवस्थामा आयोग तयार नभएको देउवाको भनाई छ ।

देउवाले नेकपा विभाजन भएसँगै चुनाव चिन्हका बारेमा दुबै समूहबाट दाबी भएको अवस्थामा निर्वाचन आयोगले समयमै निर्णय गर्न नसकेको भन्दै आयोगको आलोचना गरे ।

देउवाले नेपालमा अवको शक्ति नेपाली कांग्रेस नै भएको दाबी गर्दै निर्वाचन जहिले भएपनि कांग्रेस कार्यकर्ताहरु चुनावका लागि तयारी रहन निर्देशन दिए ।

उनले वर्तमान सरकारलाई जनताको कुनै वास्ता नभएको बताए । उनले वर्तमान सरकारलाई ‘जनता मरून्, बाँचून्’ कुनै मतलब नभएको सभापति देउवाले बताए ।

‘कुनै बेला पनि चुनाव हुनसक्छ,’ उनले भने, ‘तर आयोगले अहिलेसम्म किन केही बोल्दैन ?’ नेकपाको विवाद पनि आयोगले छिटो टुंग्याउनुपर्ने देउवाले बताए । ‘नेकपाको विवाद टुंग्याउन अदालतको निर्णय कुर्नु पर्दैन’ देउवाले भने ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ५ : १० बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा