२४ आश्विन २०८३, शनिबार | October 10, 2026

अदालतले आयोगलाई निर्वाचनको तयारी रोक्न भनेको छैन : कांग्रेस सभापति देउवा



भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगलाई निर्वाचनको तयारी अगाडी बढाउन आग्रह गरेका छन् । नेपाली कांग्रेसले रुपन्देहीको भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवाले आयोगले निर्वाचनको कामलाई अगाडी नबढाएको गुनासो गरे ।

सभापति देउवाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचारधिन रहेपनि अदालतले निर्वाचन आयोगको काम रोक्न नभनेको भन्दै आयोगको क्रियाकलाप शंकास्पद रहेको बताए । प्रधानमन्त्री ओलीले गत पौष ५ गते संसद विघटन गरेपछि संवैधानिक व्यवस्था अनुसार त्यसको ६ महिना भित्र निर्वाचन गराउनु पर्ने भएपनि त्यो अवस्थामा आयोग तयार नभएको देउवाको भनाई छ ।

देउवाले नेकपा विभाजन भएसँगै चुनाव चिन्हका बारेमा दुबै समूहबाट दाबी भएको अवस्थामा निर्वाचन आयोगले समयमै निर्णय गर्न नसकेको भन्दै आयोगको आलोचना गरे ।

देउवाले नेपालमा अवको शक्ति नेपाली कांग्रेस नै भएको दाबी गर्दै निर्वाचन जहिले भएपनि कांग्रेस कार्यकर्ताहरु चुनावका लागि तयारी रहन निर्देशन दिए ।

उनले वर्तमान सरकारलाई जनताको कुनै वास्ता नभएको बताए । उनले वर्तमान सरकारलाई ‘जनता मरून्, बाँचून्’ कुनै मतलब नभएको सभापति देउवाले बताए ।

‘कुनै बेला पनि चुनाव हुनसक्छ,’ उनले भने, ‘तर आयोगले अहिलेसम्म किन केही बोल्दैन ?’ नेकपाको विवाद पनि आयोगले छिटो टुंग्याउनुपर्ने देउवाले बताए । ‘नेकपाको विवाद टुंग्याउन अदालतको निर्णय कुर्नु पर्दैन’ देउवाले भने ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ५ : १० बजे

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय, साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौँ । सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध

जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

दाङ । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा । मुग्लिङ-काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत

विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म : गगन थापाको राजनीतिक यात्रा

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्