२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

बन्दलाई रोक्न अभियान



बुटवल । हरियाली यातायात बुटवलको आयोजनामा बन्द सदाका लागि बन्द गरौ भन्ने नारासहित अभियान थालिएको छ ।

खुद्रा किराना ब्यवसाय संघ, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ, खुद्रा ब्यवसायी संघ, हाट बजार ब्यवसायी संघको एकबद्घतामा सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि राजनितिक दलहरु बन्दलाई सधैलाई बन्द गर्नुपर्ने बताए ।

हरियाली यातायातका अध्यक्ष कृष्ण प्रसाद तिवारीले बन्द सदाका लागि बन्द गर्न आव्हान स्वरुप सांकेतिक रुपमा कार्यक्रम गरिएको बताए । बुटवलमा ई-रिक्सा चलाएर दैनिकी चलाउनेहरुको ठूलो संख्या रहेको उनले बताए ।

ई-रिक्सा ब्यवसायी ज्ञानु बश्यालले इरिक्सा रुपन्देहीमा दर्ता नहुदा धेरै कठिनाई रहेको बताए । मंसिर २४ गतेसम्म बुटवलमा ८ सय २५ वटा रिक्सा दर्ताको प्रक्रियामा रहेको भन्दै यसलाई छिटोभन्दा छिटो खुलाउन उनले माग गरे । बुटवलमा चल्ने आधा रिक्सा प्रदेश २ मा दर्ता भएको तथा वार्षिक प्रादेशिक कर ५ हजार, संघ कर ३ हजार कर तिर्दै आएको उनले छ ।

ई-रिक्सामा प्रयोग हुने ब्याट्रीको ४१ प्रतिसत कर सरकार लिदा ठूलो समस्या भएको उनले बताए। करीब रिक्साको एक सेट ब्यट्रिको ८०/९० हजार खर्च हुने र २ वर्ष वारेन्टी रहेको उनले बताए ।

कार्यक्रममा खुद्रा किराना ब्यवसाय संघका वरिष्ठ महेन्द्र प्रसाद पोखरेल, हरियालीका सचिव गोपाल रिजाल, कोषाध्यक्ष लाल बहादुर राई, अभियन्ता योगराज भण्डारी, रुद्रप्रसाद घिमिरेले वातावरणमैत्री ई-रिक्सालाई सरकारबाट ब्यवस्थापन गर्नुपर्ने बताए । सडकको खराबी, ई-रिक्सा बिग्रने लगायतका धेरै समस्या रहेको उनीहरुले बताए ।

बुटवलमा ३ वटा रिक्सा ब्यवसायी संस्थाहरु छन । बुटवलमा करिब १ हजार २ सय चलेको छ । एकहप्ता अघि भएको बन्दको क्रममा ५ वटा ईरिक्सा तोडफोड भएको उनीहरुले दुखेसो गरे।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ५ : ५६ बजे

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन-जङ्गल यतिबेला

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा । विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

गण्डकी । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा-मुग्लिन सडकको पश्चिम

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

नुवाकोट । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले