२ पुस २०८२, बुधबार | December 18, 2025

बन्दलाई रोक्न अभियान



बुटवल । हरियाली यातायात बुटवलको आयोजनामा बन्द सदाका लागि बन्द गरौ भन्ने नारासहित अभियान थालिएको छ ।

खुद्रा किराना ब्यवसाय संघ, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ, खुद्रा ब्यवसायी संघ, हाट बजार ब्यवसायी संघको एकबद्घतामा सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि राजनितिक दलहरु बन्दलाई सधैलाई बन्द गर्नुपर्ने बताए ।

हरियाली यातायातका अध्यक्ष कृष्ण प्रसाद तिवारीले बन्द सदाका लागि बन्द गर्न आव्हान स्वरुप सांकेतिक रुपमा कार्यक्रम गरिएको बताए । बुटवलमा ई-रिक्सा चलाएर दैनिकी चलाउनेहरुको ठूलो संख्या रहेको उनले बताए ।

ई-रिक्सा ब्यवसायी ज्ञानु बश्यालले इरिक्सा रुपन्देहीमा दर्ता नहुदा धेरै कठिनाई रहेको बताए । मंसिर २४ गतेसम्म बुटवलमा ८ सय २५ वटा रिक्सा दर्ताको प्रक्रियामा रहेको भन्दै यसलाई छिटोभन्दा छिटो खुलाउन उनले माग गरे । बुटवलमा चल्ने आधा रिक्सा प्रदेश २ मा दर्ता भएको तथा वार्षिक प्रादेशिक कर ५ हजार, संघ कर ३ हजार कर तिर्दै आएको उनले छ ।

ई-रिक्सामा प्रयोग हुने ब्याट्रीको ४१ प्रतिसत कर सरकार लिदा ठूलो समस्या भएको उनले बताए। करीब रिक्साको एक सेट ब्यट्रिको ८०/९० हजार खर्च हुने र २ वर्ष वारेन्टी रहेको उनले बताए ।

कार्यक्रममा खुद्रा किराना ब्यवसाय संघका वरिष्ठ महेन्द्र प्रसाद पोखरेल, हरियालीका सचिव गोपाल रिजाल, कोषाध्यक्ष लाल बहादुर राई, अभियन्ता योगराज भण्डारी, रुद्रप्रसाद घिमिरेले वातावरणमैत्री ई-रिक्सालाई सरकारबाट ब्यवस्थापन गर्नुपर्ने बताए । सडकको खराबी, ई-रिक्सा बिग्रने लगायतका धेरै समस्या रहेको उनीहरुले बताए ।

बुटवलमा ३ वटा रिक्सा ब्यवसायी संस्थाहरु छन । बुटवलमा करिब १ हजार २ सय चलेको छ । एकहप्ता अघि भएको बन्दको क्रममा ५ वटा ईरिक्सा तोडफोड भएको उनीहरुले दुखेसो गरे।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ५ : ५६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल