१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

संविधान बनाउने नै संविधान संकटमा प-यो भन्दैछन्, श्रीमानहरुमाथि ठूलो जिम्मेवारी आइपरेको छ : एमिकस क्यूरी कार्की



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट अदालतका सहयोगी एमिकस क्यूरीको राय लिन सुरु भएको छ ।

निवेदक पक्ष र विपक्षका वकिलहरुको बसह र निवदेकको तर्फबाट जवाफी बहस सोमबार सकिएपछि आजबाट एमिकस क्यूरीका सदस्यहरुले आफ्नो राय दिन सुरु गरेका हुन् ।

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट पठाइएका पाँच जना एमिकस क्यूरीमध्ये वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले पहिला आफ्नो राय दिएका छन् ।

कार्कीले राय दिँदै संविधानको व्याख्या गर्ने क्रममा न्यायाधीसहरुमाथि ठूलो जिम्मेवारी आइपरेका बताएका छन् । कार्कीले संविधान निर्माण गर्नेहरुले नै अहिले संविधान संकटमा परेको बताउँदै आन्दोलनमा उत्रिएको अवस्था रहेको बताए । कार्कीले भने, ‘जसले संविधान बनायो, जसले लागू गर्नुपर्ने थियो, ती सबै संविधान संकटमा परेको भनेर आन्दोलनमा छन्’, कार्कीले भने, तिनले संविधान दुर्घटनामा परेको महसुस गरेका छन् । त्यसैले तपाईंहरू पाँच जना श्रीमानलाई गम्भीर र ठूलो जिम्मेवारी आइपरेको छ ।’

अब इजलासका न्यायाधीशहरूमाथि ठूलो जिम्मेवारी आइपरेको बताउँदै उनले संविधानमा अन्य फिचरहरु भएपनि बहुलबादमा आधारित संसदीय व्यवस्था लेखिएका कारण अलमलिनुपर्ने कुनै कारण नभएको बताए ।

एमिकस क्यूरीका पाँच जना सदस्यले राय दिएपछि इजलासले फैसला गर्नेछ । नेपाल बारको तर्फबाट कानुन व्यवसायीहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनाली र सर्वोच्च अदालत बारको तर्फबाट पूर्णमान शाक्य र गीता पाठक एमीकस क्युरीमा चयन भएका छन् ।

अदालतको सहयोगी मानिने एमिकस क्युरीले कसैको पक्ष विपक्षमा नलागि स्वतन्त्र ढंगले आफ्नो राय दिन्छन् भन्ने अपेक्षा गरिएको हुन्छ । सर्वोच्च अदालतले कुनै विशेष मुद्दामा विज्ञको राय लिन यसअघि पनि विभिन्न मुद्दामा एमिकस क्युरी बोलाउने गरेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १२ : ४२ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई