५ पुस २०८२, शनिबार | December 20, 2025

सिद्धेश्वर माविमा नवनिर्मित सिद्धेश्वर स्तम्भ उद्घाटन



बुटवल । दिपनगरस्थित सिद्धेश्वर लालकुमारी माविमा नवनिर्मित सिद्धेश्वर स्तम्भको उद्घाटन, सरस्वती मुर्ति स्थापना, सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

मंगलबार वसन्त पंन्चमी (सरस्वती पुजा) को अवसर पारेर बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै नगरको शैक्षिक विकासमा सामुदायिक विद्यालयहरुको महत्त्वपूर्ण योगदान रहेको बताए ।

‘युगानकुल प्रविधियुक्त, गुणस्तरीय शिक्षा, हाम्रो प्रतिवद्घता’ नारासहित लक्ष्यमा आफुहरु सफल भएको विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण ज्ञवालीले बताए ।

विद्यालयको शैक्षिक र भौतिक विकासका लागि बिस २०६४ सालमा महायज्ञ संचालनमा सहयोग गर्ने दाताहरुको नामाकरणसहितको स्तम्भ उद्घाटन गरिएको शिक्षक कैलाश गौतमले बताए ।

कार्यक्रममा शिक्षामहाशाखाका प्रमख मित्रमणि खनाल, विपि प्रतिष्ठान रुपन्देहीका अध्यक्ष युवराज गिरि, बुटवल उपमहानगरपालिका वडा नं ७ का वडाअध्यक्ष कमलप्रताप थापा, स्तम्भ निर्माण समितिका संयोजक नारायणबाबु बस्नेत, राधा ज्ञवाली, समाजसेवी निर्मल जिसि, प्राचार्य गोपिकृष्ण भण्डारीले समुदायको अपनत्वबाट विद्यालयको भौतिक र शैक्षिक विकास भएको बताए ।

कविद्यालयमा कक्षा नर्सरी देखि १० सम्म ५ सय ९८ जना विद्यार्थीहरु छन । यसैगरि ११ र १२ ब्यवस्थापन, शिक्षा संकायमा गरि २ सय २५ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सागर प्रसाद न्यौपानेले बताए । विद्यालयमा २९ जना शिक्षकहरु, १ जना कार्यालय सहयोगी र ३ जना सहयोगी गरि ३२ जना रहेका छन ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : ०६ बजे

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल