७ आश्विन २०८३, बुधबार | September 23, 2026

सिद्धेश्वर माविमा नवनिर्मित सिद्धेश्वर स्तम्भ उद्घाटन



बुटवल । दिपनगरस्थित सिद्धेश्वर लालकुमारी माविमा नवनिर्मित सिद्धेश्वर स्तम्भको उद्घाटन, सरस्वती मुर्ति स्थापना, सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

मंगलबार वसन्त पंन्चमी (सरस्वती पुजा) को अवसर पारेर बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै नगरको शैक्षिक विकासमा सामुदायिक विद्यालयहरुको महत्त्वपूर्ण योगदान रहेको बताए ।

‘युगानकुल प्रविधियुक्त, गुणस्तरीय शिक्षा, हाम्रो प्रतिवद्घता’ नारासहित लक्ष्यमा आफुहरु सफल भएको विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण ज्ञवालीले बताए ।

विद्यालयको शैक्षिक र भौतिक विकासका लागि बिस २०६४ सालमा महायज्ञ संचालनमा सहयोग गर्ने दाताहरुको नामाकरणसहितको स्तम्भ उद्घाटन गरिएको शिक्षक कैलाश गौतमले बताए ।

कार्यक्रममा शिक्षामहाशाखाका प्रमख मित्रमणि खनाल, विपि प्रतिष्ठान रुपन्देहीका अध्यक्ष युवराज गिरि, बुटवल उपमहानगरपालिका वडा नं ७ का वडाअध्यक्ष कमलप्रताप थापा, स्तम्भ निर्माण समितिका संयोजक नारायणबाबु बस्नेत, राधा ज्ञवाली, समाजसेवी निर्मल जिसि, प्राचार्य गोपिकृष्ण भण्डारीले समुदायको अपनत्वबाट विद्यालयको भौतिक र शैक्षिक विकास भएको बताए ।

कविद्यालयमा कक्षा नर्सरी देखि १० सम्म ५ सय ९८ जना विद्यार्थीहरु छन । यसैगरि ११ र १२ ब्यवस्थापन, शिक्षा संकायमा गरि २ सय २५ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सागर प्रसाद न्यौपानेले बताए । विद्यालयमा २९ जना शिक्षकहरु, १ जना कार्यालय सहयोगी र ३ जना सहयोगी गरि ३२ जना रहेका छन ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : ०६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११