४ पुस २०८२, शुक्रबार | December 20, 2025

विश्व हिन्दु महासंघ नेपालको केन्द्रीय कार्यकारिणी समिति तथा जिल्ला अध्यक्षहरुको बैठक बुटवलमा शुरु



बुटवल । रुपन्देहीमा विश्व हिन्दु महासंघ नेपालको केन्द्रीय कार्यकारिणी समिति तथा जिल्ला अध्यक्षहरुको बैठक शुरु भएको छ ।

समितिका १ सय ८ केन्द्रीय पदाधिकारी, सदस्यसहितको देशभरका प्रतिनिधिहरुको मंगलबारदेखि स्वामी नारायण मुक्तिनाथ धाममा बैठक शुरु भएको हो ।

बैठकमा बोल्ने सहभागीहरुले नेपालमा हिन्दु राज्य फर्काउन एकमत रहेको दाबी गरेका छन । धामका पिठाधिस १००८ लोकानन्द स्वामीले उद्घाटन गर्दै ब्यक्ति, समाज हुँदै विश्व संचालन गराउने वैज्ञानिक विधिका रुपमा हिन्दु शिक्षा महत्वपुर्ण रहेको बताए ।

आध्यात्मिक चिन्तनबाट नै समाजमा परिवर्तन आउने दाबी गर्दै उनले सनातन हिन्दु वैदिक शिक्षा प्रदान गर्ने गुरुकुल बनाउने गरि योजना ल्याउन सुझाव दिए ।

धर्म र संस्कृति संरक्षणमा अन्तराष्ट्रिय संस्थाका रुपमा रहेको महासंघलाई अगाडी बढाउन समेत शुभकामना दिए । कार्यक्रममा नेपाली काग्रेसका नेता तथा सासद देवेन्द्र राज कंडेल, केन्द्रीय उपाध्यक्ष बेनबहादुर पौडेलले हिन्दुराज्य फर्काउने मुख्य उदेश्य अनुरुप आफुहरु एकमत भएर अघि बढ्ने बताए । विश्वमा ८२ प्रतिशत जनसंख्या हिन्दु धर्मावलम्बी रहेको दाबी गरे ।

हिन्दुराज्य निर्माणका लागि मेचिमहाकाली जागरण अभियान चलाउने एजेन्डालाई अगाडी बढाएको महासंघका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको