२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

विश्व हिन्दु महासंघ नेपालको केन्द्रीय कार्यकारिणी समिति तथा जिल्ला अध्यक्षहरुको बैठक बुटवलमा शुरु



बुटवल । रुपन्देहीमा विश्व हिन्दु महासंघ नेपालको केन्द्रीय कार्यकारिणी समिति तथा जिल्ला अध्यक्षहरुको बैठक शुरु भएको छ ।

समितिका १ सय ८ केन्द्रीय पदाधिकारी, सदस्यसहितको देशभरका प्रतिनिधिहरुको मंगलबारदेखि स्वामी नारायण मुक्तिनाथ धाममा बैठक शुरु भएको हो ।

बैठकमा बोल्ने सहभागीहरुले नेपालमा हिन्दु राज्य फर्काउन एकमत रहेको दाबी गरेका छन । धामका पिठाधिस १००८ लोकानन्द स्वामीले उद्घाटन गर्दै ब्यक्ति, समाज हुँदै विश्व संचालन गराउने वैज्ञानिक विधिका रुपमा हिन्दु शिक्षा महत्वपुर्ण रहेको बताए ।

आध्यात्मिक चिन्तनबाट नै समाजमा परिवर्तन आउने दाबी गर्दै उनले सनातन हिन्दु वैदिक शिक्षा प्रदान गर्ने गुरुकुल बनाउने गरि योजना ल्याउन सुझाव दिए ।

धर्म र संस्कृति संरक्षणमा अन्तराष्ट्रिय संस्थाका रुपमा रहेको महासंघलाई अगाडी बढाउन समेत शुभकामना दिए । कार्यक्रममा नेपाली काग्रेसका नेता तथा सासद देवेन्द्र राज कंडेल, केन्द्रीय उपाध्यक्ष बेनबहादुर पौडेलले हिन्दुराज्य फर्काउने मुख्य उदेश्य अनुरुप आफुहरु एकमत भएर अघि बढ्ने बताए । विश्वमा ८२ प्रतिशत जनसंख्या हिन्दु धर्मावलम्बी रहेको दाबी गरे ।

हिन्दुराज्य निर्माणका लागि मेचिमहाकाली जागरण अभियान चलाउने एजेन्डालाई अगाडी बढाएको महासंघका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : १८ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन