२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

एक महिने काष्ठमा बुट्टा कुद्ने (कार्बिङ) तालिम



बुटवल । बुटवल फर्निचर उद्योग संघमा आवद्ध रहेका ब्यवसायीहरुलाई लक्षित गरि बुटवलमा एक महिने काष्ठ कार्बिङ तालिम शुरु भएको छ ।

कार्यक्रमको एक समारोहका बिच घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत लक्ष्मण लम्सालले काठमा बुट्टा काटेर उद्घाटन गर्दै आत्मनिर्भर उद्योग बनाउन तालिम उपलब्धिमुलक हुने आशा ब्यक्त गरे ।

सिप, जागर र लगानीको सदुपयोग गरौ, आत्मनिर्भर बनौ भन्ने मुल नारासहित स्थापना भएको संघले आफना ब्यवसायीहरुको दक्षता वृद्धि गर्ने उद्येश्यका साथ कार्यक्रम गरेको संघका अध्यक्ष सुरेन्द्र ज्ञवालीले बताए ।

तालिममा २० जना सहभागि रहेका छन । सहभागीलाई घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा औजारसमेत उपलब्ध गराईने उनले बताए ।

संघको हलमा हप्ताको एकदिन सैद्धान्तिक तथा अन्य दिन त्रिशक्ति फर्निचर उद्योग, पाण्डेय फर्निचर उद्योग, बुद्ध लुम्बिनी फर्निचर उद्योग, शुभ नारायणी फर्निचर उद्योग, बालकृष्ण फर्निचर उद्योग, भोलेबाबा फर्निचर उद्योग, बुटवल फर्निचर उद्योग प्रालि र नमस्ते फर्निचर उद्योग गरि आठ वटा उद्योगमा ब्यवहारिक तालिम दिईने गोबिन्द प्रसाद पाण्डेले बताए ।

कार्यक्रममा अतिथि कृष्ण प्रसाद पराजुली, संघका पुर्व अध्यक्ष विष्णु कुमार श्रेष्ठ, माधाव प्रसाद पौडयाल, नरेश कुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष विष्णु प्रसाद पाण्डे, सल्लाहकार बोनिन पिया, सावित्रा टण्डन, महासचिव अशोक कुवर लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : २१ बजे

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

प्रधानमन्त्रीलाई हर्क साम्पाङका कडा प्रश्न – सीमा, सुशासन र बजेटमा जवाफ माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र