८ चैत्र २०८२, आइतबार | March 23, 2026

बुटवलमा सकियो नेवार समूदायको दुई दिने सामुहिक ईहि यज्ञ तथा क्येटा पुजा



बुटवल । नेवार समूदायमा महत्वपूर्ण कर्मकाण्डकारुपमा रहेको नेवारी कन्याहरुको सामुहिक ईहि यज्ञ (बेलबिवाह) तथा बालकहरुको क्येटा पुजा (ब्रतबन्ध) सम्पन्न भएको छ । नेवा: सेवा समिति बुटवल कालिकानगरको आयोजनामा देविनगरस्थित भुपुसैनिक क्लबमा ११ औं पटक आयोजना गरिएको दुई दिने कार्यक्रम आज सम्पन्न भएको हो । नेवा परम्परा र संस्कृतिमा महिनावारी हुनुभन्दा अघि कन्याको बेलसंग बिवाह गर्ने प्रचलन रहेको छ भने किशोर अवस्थामा पुगेसँगै पुरुषहरुको क्येटा पुजा गर्ने प्रचलन रहँदै आएको छ ।

समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले समुदायको विकास र एकताको लागि आफु र आफ्नो संगठन सधैं एक कदम अगाडी रहेको बताए। उनले भाषा जगेर्नाका लागि आगामी दिनमा कक्षा संचालन चलाउने प्रतिवद्घता व्यक्त गर्दै छरिएर रहेका नेवार समूदायलाई एउटै छाता संगठन बनाउन आग्रह गरे । अध्यक्ष श्रेष्ठले विगतमा नेवारी खाना प्रदशर्न लगायतका काम समेत भएको बताउँदै नेवार समुदायबिच सामुहिक ईहि कार्यक्रमले समूदय बीचको एकता अझै मजबुत भएको बताए ।

नेवार पण्डित हरिशरणोराज्योपाध्यले घरमा परिवारबीच बोलिचालीको क्रममा नेवारी भाषालाई प्राथमिकता दिन सुझाव दिए। नया पिढिलाई संस्कृति सिकाउन जरुरी रहेको भन्दै नेवार समुदायमा महत्वपुर्ण मानिएको ईहि यज्ञ गराएर कन्याहरुलाई धार्मिक, सास्कृतिक मान्यता अनुसार ज्ञानहरु दिईएको उनले बताए ।

समितिका सचिव डिल्लि कुमार श्रेष्ठले ईही यज्ञमा ८४ जना कन्याहरु सहभागि रहेको जानकारी दिंदै दोस्रो दिनको क्योटा पुजामा ८ जना नेवार बालकको सहभागिता रहेको बताए ।

कार्यक्रममा रुपन्देही, काठमाडौ, दाङ, पाल्पा, अर्घाखाची लगायत क्षेत्रबाट सहभागिता रहेको थियो। बालकहरुको ब्रतबन्ध अन्य जाती तथा समूदायसंग संगसंगै गर्ने गरिएका कारण क्येटापुजामा सहभागिता कम भएको आयोजक नेवाः सेवा समाजले जनाएको छ ।

संयोजक बिष्णुमाया श्रेष्ठले नेवार जातिभित्र रहेको धनी र गरिबको खाडल हटाउन यसरी गरिने सामुहिक कार्यले सहयोग मिल्ने बताईन । सहभागिबाट थोरै थोरै रकम उठाएर सामुहिक रुपमा यज्ञ गरिएको उनले बताईन।

समापन कार्यक्रममा बोल्दै पत्रकार शरण कर्माचार्यले पछिल्लोसमय नेवार समुदायमा भाषाको ठूलो समस्या देखिएको बताए । भाषासंगै संस्कार र संस्कृति जोडिएको हुदा पनि यसलाई जोगाउन नेवार समुदायहरु यसतर्फ लाग्न उनले सुझाव दिए । नेवारहरु ब्यवसायका रुपमा पहिचान बनाएको भन्दै बसाईसराईसंगै यसबाट भाषामा खाडल आएको उनले बताए। ईहि यज्ञ र क्येटा पुजापछि जीवन पद्घतीको नया चरण शुरु हुने भएकाले पनि महत्व रहेको उनले बताए ।

बि.स २०६३ सालमा स्थापना भएको नेवाः सेवा समाजले आज सम्पन्न भएको पुजासँगै बिगतमा १० वटा ईही यज्ञ र क्येटापुजा सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ९ : ४४ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय