१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रति खोप ४ डलरका दरले सरकारले २० लाख डोज कोरोना विरुद्धको खोप खरिद गर्ने



काठमाडौं । सरकारले भारतमा उत्पादित कोरोना भाइरसविरुद्धको ‘कोभिसिल्ड’ खोप खरिद गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले भारतमा उत्पादीत कोरोना भाइरसविरुद्धको खोप अग्रिम भुक्तानी गरेर खरिद गर्ने निर्णय गरेको हो ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेको भारतको सेरम इन्स्टिच्युटसँग खोप उत्पादक कम्पनीको सर्तअनुसार अग्रिम भुक्तानी गर्दै प्रतिखोप ४ डलरका दरले २० लाख डोज खोप किन्ने सरकारले निर्णय गरेको हो । यस अघि सोही कम्पनीसंग खोप प्राप्त भएपछि भुक्तानी गर्ने सर्तमा तोकिएको मुल्यमा खोप खरिद गर्ने निर्णय गरेपनि सेरमले खोपको रकम अग्रमि भुक्तानी गर्नुपर्ने सर्त राखेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रिम भुक्तानीको निर्णय गराउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो ।

सार्वजानिक खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशत मात्रै अग्रिम भुक्तानी दिन सक्ने मात्रै प्रावधान रहेको छ ।

मन्त्रालयको उक्त प्रस्तावलाई पास गर्दै मन्त्रिपरिषदले खोप खरिदका लागि अग्रिम रकम भुक्तानीको बाटो खुला गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उल्ल्ेखित मुल्य सहुलियत दरको मुल्य भएको मन्त्रालयले जनाएको छ ।

खरिद गरिने खोप फेब्रअरी अन्तिम वा मार्च पहिलो साता खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।

खोप आएपछि तेस्रो चरणको अभियान सुरु गर्दै समुदायका ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिने सरकारको तयारी छ ।

मन्त्रालयले २३ फागुनबाट लगाउने तयारी गरेपनि केहिदिन पछाडी पनि जान सक्ने मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : ३३ बजे

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण