२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लुम्बिनी टेलिभिजनले मिडियाकप भलिबल प्रतियोगिता गर्दै



बुटवल । लुम्बिनी टेलिभिजन बुटवलले एक्स्पर्ट मिडिया कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

रुपन्देहीमा संचालित मिडिया हाउसहरुका बिचमा भावनात्मक सम्बन्ध विस्तार गर्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको टेलिभिजनका महासचिव दिनेश पाण्डेले जानकारी दिए ।

कोरोना महामारीका कारण मिडिया क्षेत्र समेत प्रभावित भईरहेको अवस्थामा मिडिया हाउस तथा पत्रकारहरुमा खेलकुदको माध्यमबाट उत्साह थप्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको पाण्डेले जानकारी दिए ।

तिलोत्तमा २ योगिकुटी स्थीत मणिमुकुन्द भलिबल क्लबको कोर्टमा हुने प्रतियोगितामा सहभागिताको लागि बुधबार दिउसो १ बजेसम्म टिम दर्ताको समय रहेको प्रतियोगिताका संयोजक विकास पराजुलीले जानकारी दिए ।

फागुन ६ र ७ गते दुईदिन सम्म हुने प्रतियोगितामा प्रथम हुने समुहले २५ हजार, द्धितियले १५ हजार र तृतियले ५ हजार नगद पुरस्कार सहित कप तथा मेडल प्राप्त गर्ने छन ।

त्यस्तै सेमिफाईनलमा पुग्ने चारवटा टिमलाई जर्सि प्रदान गरिने छ भने खेल अवधीभर सबै खेलाडीहरुको दुर्घटना विमा समेत गरिएको संयोजक पराजुलीले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ९ : २६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले