१ पुस २०८२, मंगलबार | December 16, 2025

वरिष्ठ अधिवक्ता खरेलको राय : प्रतिनिधसभा विघटन संवैधानिक प्रश्न हो, राजनीतिक हैन



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा एमिकस क्यूरीको तर्फबाट राय दिने क्रम जारी छ ।

आज वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेलले राय दिँदै प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएका कारण अदालतमा सुनुवाई गर्नै नहुने लिखित जवाफ संवैधानिक इजलासलाई दिएका थिए । वरिष्ठ अधिवक्ता खरेलले संविधान र राजनीति एक आपसमा जोडिने भएको जिकिर गर्दै यो विषयलाई राजनीतिक भन्न नमिल्ने तर्क गरे । खरेलले अदालतले राजनीतिक विषय भएकाले सुनुवाइ गर्दिनँ भनेको कुनै उदाहरण नरहेको पनि बताए ।

कसलाई मन्त्री नियुक्त गर्ने भन्नेमा प्रधानमन्त्रीको राजनीतिक निर्णय हुनसक्ने तर संसद् विघटन संवैधानिक विषय हुने खरेलको जिकिर थियो ।

एमिकस क्यूरीको तर्फबाट मंगलबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आफ्नो राय राखेका थिए ।

संवैधानिक इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट पाँच जना एमिकस क्यूरी मगाएको थियो । एमिकस क्यूरीको राय सकिएपछि इजलासले आफ्नो फैसला सुनाउनेछ । गत माघ ४ देखि सर्वोच्चको संवैधानिक इजलासमा लगातार सुनुवाइ भइरहेको छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : ५९ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको