८ चैत्र २०८२, आइतबार | March 23, 2026

कांग्रेस महाधिवेशन भदौ ७ देखि १० गतेसम्म



काठमाडौं । पूर्व कार्यतालिका अनुसार महाधिवेशनको उदघाटन गर्न २ दिन बाँकी रहँदा नेपाली कांग्रेसले आफ्नो महाधिवेशनलाई भदौमा पु-याएको छ ।

जेठ महिनामा गर्ने की भाद्रमा भन्ने रस्साकस्सीका बीच कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले भाद्रमा महाधिवेश गर्ने सहमती गरेका छन् । आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक सुरुहुनु पूर्व देउवा र पौडेल बीच भाद्रमा महाधिवेसनको मिति तय गर्ने सहमति भएको हो ।

कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० सम्म गर्नेगरी कार्यतालिका ल्याउन सभापति र बरिष्ठ नेताबीच सहमति भएको बताईएको छ । यसअघि पौडेल पक्ष कम्तीमा जेठ भन्दा पछि महाधिवेशनको समय सार्न नहुने अडानमा रहेको थियो भने देउवा पक्ष केहि समय ढकेल्ने पक्षमा देखिएको थियो ।

कांग्रेसले फागुन ७ गते उदघाटन गर्ने गरि महाधिवेशनको मिति तोकेपनि फागुनमा महाधिवेसन असम्भव भएपछि नयाँ मिति तोक्न दुईनेता बीच सहमति भएको हो । कांग्रेसको विधान अनुसार कांग्रेसले भदौभित्र महाधिवेसन गर्नैपर्ने बाध्यता छ ।

आज बिहानका लागि तय भएको केन्द्रीय समितिको बैठक दुईनेता बीच सहमतीको बिन्दु फेला नपरेपछि सुरु हुन सकेको थिएन । दुई नेताबीच सहमति भएपछि केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ५ : ३० बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय