२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

कांग्रेस महाधिवेशन भदौ ७ देखि १० गतेसम्म



काठमाडौं । पूर्व कार्यतालिका अनुसार महाधिवेशनको उदघाटन गर्न २ दिन बाँकी रहँदा नेपाली कांग्रेसले आफ्नो महाधिवेशनलाई भदौमा पु-याएको छ ।

जेठ महिनामा गर्ने की भाद्रमा भन्ने रस्साकस्सीका बीच कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले भाद्रमा महाधिवेश गर्ने सहमती गरेका छन् । आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक सुरुहुनु पूर्व देउवा र पौडेल बीच भाद्रमा महाधिवेसनको मिति तय गर्ने सहमति भएको हो ।

कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० सम्म गर्नेगरी कार्यतालिका ल्याउन सभापति र बरिष्ठ नेताबीच सहमति भएको बताईएको छ । यसअघि पौडेल पक्ष कम्तीमा जेठ भन्दा पछि महाधिवेशनको समय सार्न नहुने अडानमा रहेको थियो भने देउवा पक्ष केहि समय ढकेल्ने पक्षमा देखिएको थियो ।

कांग्रेसले फागुन ७ गते उदघाटन गर्ने गरि महाधिवेशनको मिति तोकेपनि फागुनमा महाधिवेसन असम्भव भएपछि नयाँ मिति तोक्न दुईनेता बीच सहमति भएको हो । कांग्रेसको विधान अनुसार कांग्रेसले भदौभित्र महाधिवेसन गर्नैपर्ने बाध्यता छ ।

आज बिहानका लागि तय भएको केन्द्रीय समितिको बैठक दुईनेता बीच सहमतीको बिन्दु फेला नपरेपछि सुरु हुन सकेको थिएन । दुई नेताबीच सहमति भएपछि केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ५ : ३० बजे

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री