२९ माघ २०८२, बिहिबार | February 13, 2026

राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको तयारी पुरा



बुटवल । बुटवलमा उपमहानगरपालिकामा सञ्चालन हुन गईरहेको दोश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको तयारी पुरा भएको छ । बुटवल नगर खेलकुद विकास समितिको आयोजनामा आज बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिईयो ।

पत्रकार सम्मेलनमा बोल्दै नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउछाले प्रतियोगिताको तयारी पुरा भएको र धेरैभन्दा धेरै विद्यालय र विद्यार्थीको सहभागिता रहने जानकारी दिए । उनले नगर खेलकुद विकास समितिको गठनपछि बुटवलभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई राष्ट्रपति रनिङ शिल्डमा हुने विभिन्न खेलकुदबारे प्रशिक्षण दिईएको भन्दै त्यसैको परिणाम स्वरुप यसवर्ष सहभागि विद्यालय र विद्यार्थी संख्या बढेको बताए ।

फागुन ७ गतेदेखि १० गतेसम्म चल्ने राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता बुटवल ११ देविनगरस्थीत एन्फा एकेडेमीको खेल मैदानमा हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगिता अन्तर्गत नगरका संस्थागत र सामुदायिक गरि ३० विद्यालयको सहभागिता रहने काउछाले जानकारी दिए ।

कुल १ हजार ३ सय ३४ विद्यार्थी सहभागि रहने प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ४२ कास्य पदकका लागि प्रतिष्प्रधा हुनेछन् ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुंदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव एवं कालिका मानविज्ञान माविका प्रधानाध्यापक विष्णुहरी ज्ञवालीले जानकारी दिए ।

प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल,कबड्डी, करांते, तेक्वाण्डो लगायतका प्रतियोगिताहरु हुनेछन् । आयोजकका अनुसार करांते र तेक्वाण्डो भने रनिङ शिल्डमा गणना गरिने छैन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ६ : २० बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक