२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास



काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त पूर्वाभ्यास कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देललले निरीक्षण गरेका छन् ।

सो कार्यक्रममा प्रधानसेनापति सिग्देलले श्री नं १ विपद् व्यवस्थापन गण, श्री नं २ विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई युनिट झण्डा प्रदान गरे । प्रधानसेनापति सिग्देलले केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता २०८२ मा प्रथम र द्वितीय हुने क्रमशः श्री उपत्यका पृतना र श्री मध्य पश्चिम पृतनालाई पुरस्कृत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा प्रधानसेनापति सिग्देलले प्रधानसेनापति व्यानर प्रतियोगिता २०८२ मा युद्धक गण, युद्ध मद्दती गण र युद्धक गुल्मतर्फ प्रथम हुने क्रमशः नयाँ श्रीनाथ गण, त्रिनेत्रदल गण र ईन्द्रदल गुल्म लगायत उक्त प्रतियोगिताको विभिन्न विधाहरूमा प्रथम हुने युनिटहरूलाई पुरस्कृत गरे । उनले प्रकृति संरक्षण ट्रफि प्रतियोगिता–२०८२ अन्तर्गत गण तथा गुल्म तहमा प्रथम हुन सफल चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सङ्ग्राम शार्दूल गुल्मलाई प्रकृति संरक्षण ट्रफी तथा पुरस्कार प्रदान गरे ।

कार्यक्रममा प्रधानसेनापति सिग्देलले सेना दिवस–२०८२ को उपलक्ष्यमा प्रधानसेनापति प्रशंसा निशान प्राप्त गर्ने रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान, मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएका पदिकलाई दज्र्यानी चिन्ह प्रदान गरेका थिए । कार्यक्रममा उनले अवकाशपश्चात् विभिन्न तवरबाट समाजमा पुयाएको योगदानको कदरस्वरूप उत्कृष्ट भूतपूर्व सैनिक तथा परिवारजनलाई समेत पुरस्कृत गरेका थिए ।

सेना दिवस–२०८२ हरेक वर्ष महाशिवरात्रिका दिन सैनिक मञ्च टुुँडिखेलमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यस वर्ष महाशिवरात्रि पर्व आगामी फागुन ३ मनाइँदै छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ९ : २५ बजे

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापनको ‘लाइभ फिड’ सेवा सुरु

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘उच्च पहाडी तथा

सुनको मूल्य पाँचहजार ९००ले घट्यो, चाँदीको के छ ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी

बुटवलमा आजदेखि तीनदिने दीपावली सडक खाना महोत्सव

बुटवल । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि