१८ भदौ २०८३, बिहिबार | September 3, 2026

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूद्वारा प्रदर्शन



काठमाडौं । प्रचण्ड नेपाल नेकपा निकट विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका छन् ।

अनेरास्ववियूले काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको हो । त्यसक्रममा प्रदर्शनकारी विद्यार्थीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नारावाजी गरेका छन् ।

अनेरास्वयूले मूल्यवृद्धिको विरोधमा देशभरका क्याम्पस अगाडि प्रदर्शन गरिएको जनाएको छ । यसैगरी आजै दिउँसो नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि पनि प्रदर्शन गर्ने पनि अनेरास्वयूले जनाएकोछ । त्यसक्रममा मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाउने तयारी छ ।

नेपाल आयल निगमले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ भएका कारण देखाउँदै एकसातामै दुई पटक डिजेल र पेट्रोलको भाउ बढाएको थियो । तर, सरकारले पेट्रोलियम पदार्थमा शतप्रतिशत कर असुली गरिरहेका कारण उपभोक्ताले मूल्यवृद्धिको मार खेप्न बाध्य बनेका छन् । नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  १० : १७ बजे

संसद् बैठकमै ढले कांग्रेस सांसद खड्का, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार