१ पुस २०८२, मंगलबार | December 16, 2025

लोकतन्त्रलाई कुबाटोतर्फ जान नदिन नयाँ निर्वाचन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीभन्दा अर्को उपयुक्त बाटो नभएको बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण राजनीतिको मूलधारभन्दा अर्को उपयुक्त राजनीतिको बाटो हुन नसक्ने बताए । उनले अहिले पनि अन्यथा बाटोबाट अगाडि बढ्न खोज्ने प्रवृत्ति मौजुद रहेको बताउँदै अन्यबाटोबाट लक्ष्य हासिल नहुने स्पष्ट पारे । ।

प्रधानमन्त्री ओलीले कुनै हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैले गर्न नहुने भन्दै सानातिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे ।

प्रणालीगत हिसाबले आफुले अनेक चरणमा संघर्ष गरेको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीबाट उपलब्धी पनि हाँसिल हुँदै आएको दाबी गरे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र निर्जीव नभई सजीव प्रणाली भएको उल्लेख गर्दै शान्तिपूर्ण लोकतान्त्रिक प्रणालीप्रतिको आफ्नो विश्वास बढाउन पनि आग्रह गरे ।

उनले लोकतन्त्रलाई कूबाटोतर्फ लैजाने चेष्टा अगाडि जान नदिन मुलुक नयाँ निर्वाचनतर्फ अग्रसर भएको बताउँदै लोकतन्त्र जनताका आकांक्षा र अभिमतबाट सञ्चालन हुन सक्नुपर्ने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १२ : १६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज