१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रचण्ड-नेपाल नेकपाको केन्द्रीय कमिटीकाे आकस्मिक बैठक बस्दै



काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षको मध्यान्ह १ बजे केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने भएको छ ।

बिहीबार नागरिकताको सक्कल प्रमाण सहित केन्द्रीय सदस्यहरुलाई काठमाडौं बोलाएको नेकपा प्रचण्ड नेपाल पक्षको केन्द्रीय कार्यालय पेरिसडाँडामा १ बजे आकस्मिक बैठक बोलाइएको हो ।

पार्टीले बोलाए बमोजिम नागरिकतासहित केन्द्रीय सदस्यहरु काठमाडौं आएपछि १ बजेबाट बैठक बस्न लागेको हो । यसअघि पेरिसडाँडामै बिहान साढे ९ बजेदेखि स्थायी कमिटी बैठक बसेको थियो ।  अहिले केन्द्रीय सदस्यहरुको नागरिकता संकलन भैरहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध चौथो चरणको आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगमा गत माघ २० गते वैधानिकताका लागि निवेदन दिएको थियो । हस्ताक्षरसहित दाबी प्रस्तुत गरेपनि आयोगले नेकपा विबादको छिनोफानो नगरि मध्यावधि निर्वाचनको प्रक्रिया अगाडि बढाएको छ ।

पार्टी विभाजन अगाडिको ४४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये ३१५ बढी आफ्नो पक्षमा भएकाले नेकपाको वैधानिकता पाउनुपर्ने दावी यो पक्षले गर्दै आएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १२ : ४२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज