२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

क्लब एसेम्बलीमा समीक्षा



बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ६४ ‌औ‌ नियमित बैठक तथा तेस्रो क्लब एसेम्बली सम्पन्न भएको छ । एसेम्बलीको रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन २१ का एजी हरि प्रसाद पौडेलले उद्घाटन गर्दै यस क्षेत्रमै वार्षिक कार्ययोजना अनुसार नमुना काम भएको बताए ।

उनले क्लबको पदिय भुमिका अनुसार काम गर्नुपर्ने सुझाव दिए। क्लबको प्रशासनिक क्षेत्रमा क्लासिफिकेशन, माई रोटरीमा सदस्य प्रवेश गराउने जस्ता कामलाई प्राथमिकता दिनुपर्ने उनले बताए । पाैडेलले निक्कै कठिन समयको अवस्थामा पनि शिक्षा, स्वस्थ्यका क्षेत्रमा सचेतनाका धेरै काम क्लबबाट भएको भन्दै उनले समाजको आवश्यकता हेरि सेवा गर्न सके उपयोगी हुने बताए ।

उनले विश्वमा नै कोभिड १९ को बेला सामाजिक कार्यमा अग्रसर रहेको रोटरीको टिआरएफ बढाउन सबैबाट सहयोग गर्न आग्रह गरे । क्लबका अध्यक्ष गोपाल प्रसाद ज्ञवालीले सिग्नेचर प्रोजेक्टका रुपमा रिडिको विद्यालयलाई सहयोग गर्ने प्रस्ताव गरेका छन ।

एडमिनिस्ट्रेसन कमिटि चेयर निराजन पोखरेलले क्लबको लक्ष्य अनुसार प्रशासनिक पक्षमा भएका कार्यप्रगति जानकारी गराएका थिए । कोभिड १९ को विषम परिस्थितीमा पनि समसामयिक विषयबस्तु र ब्यक्तित्वलाई समेटेर ११ वटा नियमित अन्तरक्रिया कार्यक्रम गरिएको उनले बताए ।

यसैगरि मेम्बरसिप कमिटि चेयर टिकाराम पाण्डे, सर्भिस प्रोजेक्ट कमिटि चेयर देविराम पाण्डे, पब्लिक रिलेसन कमिटि चेयरको भुमिकामा विष्णु भण्डारी, द रोटरी फाउन्डेसन कमिटि चेयर शंकर पाण्डेले रिपोर्ट प्रस्तुत गरेका थिए ।

क्लबका पुर्वअध्यक्ष नवीन श्रेष्ठ, ओम प्रसाद अर्याल, खिमानन्द अर्याल, सचिव दिपक भट्टराई, रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देही अध्यक्ष सुभाष केसी, भगवती अर्यालले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ९ : ३० बजे

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,

सरकारले अब कालो चश्मा हटाउनुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर