३ चैत्र २०८२, मंगलबार | March 17, 2026

उदघाटन, शिलान्यास र कार्यकर्ता भर्तीमा केन्द्रित ओली पथको चुनावी रणनीति



काठमाडौं । सामान्यतया दलहरुले कार्यावधिभर आफुले गरेका राम्रा कामहरु देखाएर आउने निर्वाचनको तयारी गर्ने गर्दछन् । राजनीतिक समूह वा पार्टीले आफ्नो समूह वा पार्टीले गरेको काम देखाउँछन् र आगामी दिनमा गर्ने कार्यक्रम सुनाउंछन् । तर केपी ओली नेतृत्वको सरकार र ओली नेतृत्वको पार्टीले भने चुनावी तयारीकारुपमा राज्यका बिभिन्न निकायमा कार्यकर्ता भर्ती गर्ने र बजेट होस् वा नहोस् योजनाहरु शिलान्यास गर्ने कामबाट चुनावी अभियान थालेको छ ।

चुनाव हुन्छ या हुँदैन सर्वोच्च अदालतले एकाध दिनमै फैसला गर्ला । प्रतिनिधिनिसभा विघटन सदर नै भयो भने पनि बैशाखमा चुनाव हुने सम्भावना लगभग सकिसकेको निर्वाचन आयोगकै पदाधिकारीहरु अनौपचारिक रुपमा बताउँछन् । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले त बैशाखमा चुनाव असम्भव भनिसकेको छन् । तर, ओली सरकारले भने जस्तै बैशाख महिनामा हुने भनिएको चुनावको दिन नजिकिँदै जाँदा ओलीका मन्त्रीहरु जिल्ला जिल्लामा शिलान्यास र उदघाटन हुन काँकी रहेका पुरानाधुराना परियोजनाहरु उदघाटन गर्ने र विभिन्न योजनाहरुको शिलान्यास गर्ने काममा खटिएका छन् ।

ओली सरकार भन्दा पहिलेकै सरकारले थालेका र ओली सरकारका पालामा सकिएका योजनाहरु भलै २ वर्ष पहिले काम सकेर सञ्चालनमा आएका हुन्, त्यस्ता योजनाहरु समेत खोज्ने र शिलालेख टाँस्दै उदघाटन गर्न गराउन ओलीका मन्त्रीहरुलाई भ्याइनभ्याई छ ।

चुनावी तयारीकै सिलसिलामा ओली आफै पनि उदघाटन र शिलान्यासको बहानामा सरकारी रकमको दोहन गर्दै पार्टीको सभामा भाषण गर्न देश दौडाहामा सक्रिय छन् । शिलान्यासकै लागि सरकारी पैसामा प्रधानमन्त्री ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुर पुग्दैछन्, जहाँ उनले दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन् ।

बिहान साढे ११ बजे प्रधानमन्त्रीबाट औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आफुसंगै आफ्ना मन्त्रीहरुलाई यसै साता चारवटा औद्योगिक क्षेत्र शिलान्यासगर्न जिल्ला जिल्लामा खटाएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई बाँकेको नौवस्तामा औद्योगिक क्षेत्रको शिलान्यास गर्न ११ गतेको कार्यक्रम तय गरी खटाइएको छ । पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल आइतबारदेखि नै रुपन्देही पुगेर अनेकौं आयोजनाको शिलान्यास गर्न थालिसकेका छन् । र्आतबार लुम्बिनी केवलकारको शिलान्यास गरेका पौडेलले १३ गते २ वर्षपहिले औद्योगिक करिडोरको कार्यालय उदघाटन गरिएको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । संसद विघटनपछि मात्र अर्थमन्त्री पौडेलले गृह जिल्ला रुपन्देही आसपासमा आधा दर्जन योजनाको उदघाटन र शिलान्यास गरिसकेका छन् ।

त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नै १७ गते मकवानपुरमा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय भै सकेको छ । यसैसाता प्रधानमन्त्री ओली गृहजिल्ला झापाको दमकमा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्न झापा पुग्ने कार्यक्रम समेत बनिसकेको छ ।

संसद र पार्टीले कामै गर्न नदिएका कारण संसद भङ्ग गर्नु प¥यो भन्दै रोईलो गर्दै हिँडेको ओली टिम अहिले भने ओली सरकारले जति काम कसैले गर्न नसकेको तर्क गर्दै हिँडिरहेको छ । प्रधानमन्त्रीले जे भने पनि मान्ने संसद चाहियो भन्दै निर्वाचन घोषणा गरेका ओलीले त्यहि संसदको ६४ प्रतिशत मतमा टेकेर संसद विघटन गर्न पनि भ्याएका छन् । त्यहि संसदको सर्वसम्मतले लिम्पियाधुरा र कालापानी समेटेको नक्सा पारित गरेको कथा सुनाउन पनि भ्याएका छन् र त्यही संसदले पारित गरेका ऐन कानुनले संघियता लोकतन्त्र संस्थागत र बलियो भएको भन्न पनि भ्याएका छन् ।

आफैले चुनावको तिथि मिति तोकेर सरकारलाई कामचलाउ बनाएका ओलीले सामान्य जिल्ला स्तरिय युवा सञ्जालदेखि कामकाज नभएको बाल संगठनहरुमा समेत कार्यकर्ता भर्ती गर्न पनि भ्याएकै छन् । स्वतन्त्र बसेका पत्रकारलाई सरकारी सञ्चारमाध्यममा जागिर दिने आश्वासन दिएर आफु निकट बनाउने प्रयत्नमा पनि ओली कार्यकर्ताहरु चुकेका छैनन् ।

समग्रमा सरकार शिलान्यास र कार्यकर्ता भर्तीकै जगमा टेकेर चुनाव जित्ने रणनीतिमा लागेको देखिएको छ । केहि कार्यकर्ता जम्मा गर्ने रिबन काट्ने, जग्गेमा बस्ने भुमि पुजा गर्ने र भेला भएका कार्यकर्ताले तरररर ताली पड्काउने । ओली सरकारको चुनावी रणनीति गज्जवको देखिएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ९ : १६ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर